जुवा खेलाउने वातावरण मिलाउनुपर्यो भन्दै प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

भदौ ५, २०७६

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुवा खेलाउने वातावरण मिलाइदिनु प¥यो भन्दै प्रहरीलाई प्रभावमा पार्न खोज्ने भक्तपुर नपा १ का गङ्गालाल श्रेष्ठलाई रु ४० हजारसहित पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा एक घर भाडामा लिई जुवा खेलाउँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको थियो ।


ADVERTISEMENT

जुवा तास खेलाउनका लागि सहज वातावरण बनाई दिनुप¥यो भन्दै श्रेष्ठले प्रहरीलाई रु ४० हजार घुस दिन खोजेका थिए ।

आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस