कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भदौ ६, २०७६
जनकपुरधाम - गत बिहिवार राती ९ बजे चार जना सुरक्षाकर्मीहरुले एक जना अन्दाजी डेढ वर्षीय बालिकालाई लिएर जनकपुरधामको कबीर बाल आश्रममा पुगे । कबीरपन्थी सत्यनारायण आलोकले संचालन गर्दै आएको सद्गुरु कबीर अनाथ वाल वात्सल्यमा पुग्दा संचालक सत्यनारायण आलोक एक जना अर्को अनाथ बालकलाई लिएर अस्पतालमा उपचार गराउँदै थिए ।
त्यहाँबाट आश्रमकी आमा मीराले सत्यनारायण लाई फोन गरेर प्रहरीले उक्त बालिकालाई आश्रममा राख्न भनेको प्रहरीले पत्ता लगायो । सत्यनारायणले अस्पतालबाटै धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई फोन गरेर किन प्रहरीलाई बालिका सहित पठाएको भनेर बुझ्ने प्रयास गरे ।
‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित नेकपाका नेता गंगाराम यादवको घर अगाडि मोटरसाइकलमा आएका दुई जनाले उक्त बालिकालाई छोडेर गएकाले त्यहाँ नै राख्नका लागि मैले नै पठाएको हो,’ एसपी खनालले आश्रम संचालक सत्यनारायणलाई बताए ।
'अहिले सम्मको स्थिति हेर्दा शुक्रवार साँझसम्म पनि बालिका हराएको भनेर जिल्लामा कहीं कतै उजुरी समेत नपरेकाले उक्त बालिका हराएको जस्तो देखिँदैन, जानी जानी बालिकाकी आमाबुवाले छोडेर गएको हो जस्तो लागेकाले आश्रममै राख्नुस भनेर शुक्रवार पनि एसपी साहेबले भन्नु भएको छ,’ सत्यनारायण आलोकले लोकान्तरसँग भने, 'बालिकालाई एउटा ब्याग दिएर त्यसमा कपडा समेत राखेको हुनाले छोडेर नै गएको बुझिन्छ ।’
बिहीवार रातिदेखि शुक्रवारसम्म उक्त बालिकालाई हसाउने, बोलाउने धेरै प्रयास गरिएको भए पनि ती बालिकाले न त हाँसेकी छिन् न त केही शब्द बोलेकी छिन् । मात्र मैयाँ, मैयाँ भनेर भनेकी छिन । उनलाई बोल्न अप्ठेरो भइरहेको छ ।
'आश्रममा रहेका अन्य बाल बालिकाले उनलाई खुशी पार्न धेरै प्रयास गरे पनि हाँस्न सकेकी छैनन्, त्यसैले अहिले तत्कालका लागि हामीले ती बालिकाको नाम नै खुशी राखिदिएका छौं,' सत्यनारायणले बताए ।
उक्त बालिकालाई आश्रमकी आमा मीराले स्याहार सुसार गरेकी छन् । 'आमा वा बुवा मध्ये कोही लभ म्यारेज गर्न खोजेको वा अन्य व्यक्तिसँग सम्बन्ध बनाएर भागेको हुन सक्ने अनुमान गरिएको छ । बालिका हराएको होइन, जानी जानी छोडेर भागेको हो, त्यसैले अब कोही ती बालिकालाई लिन नआए हामीले नै राख्ने छौं,' उनले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...