कामना सेवाका र इस्टर्न एजेन्सीजबीच सम्झौता

भदौ १९, २०७६

काठमाडौं – काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र इस्टर्न एजेन्सीज प्रालिबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार इस्टर्न एजेन्सीज प्रालिमार्फत सिफारिस भई आएका ग्राहकले बैंकको सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा आइसरका विभिन्न प्रकारका सवारीसाधनमा कर्जा सुविधा लिन सक्नेछन् ।


ADVERTISEMENT

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इस्टर्न एजेन्सीज प्रालिको तर्फबाट प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।

बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकलाई आफ्ना सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ ।

भदौ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस