×

NMB BANK
NIC ASIA

प्रदेश सभा सदस्यको प्रश्न : मुख्यमन्त्री, सभामुख र कानूनमन्त्री हिंड्ने बाटो किन बनेन ?

भदौ २४, २०७६

NTC
फाइल फोटो
Premier Steels

सुर्खेत - कर्णाली प्रदेश सभामा कालिकोटमा सडक अवरुद्ध भएको विषयमा सरकारको आलोचना भएको छ । मंगलबार बसेको २६ औं बैठकमा नेपाली काँग्रेसका सांसद झोवा विकले मुख्यमन्त्री, सभामुख र कानूनमन्त्री हिंड्ने बाटो किन बनेन भन्दै प्रश्न गरेकी छिन् ।

Muktinath Bank

‘कालिकोटका मुख्यमन्त्री छन्, जुम्लाका आन्तरिक मामिला मन्त्री छन्, दैलेखका सभामुख छन्, आजसम्म कर्णाली जान्या बाटो किन खुलेन ?’ उनले प्रश्न गरिन्, ‘तमी हेलिकप्टर चढ्ढाछौं । पीडा त हामु जन्तकान पो हुन्छ त ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सरकार प्लेनमा जाने भएका कारण बाटो नबनाएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

यस्तै सांसद विकले सरकारले आफुले चाहेजस्तो मौसममा बस्न पाएका कारण बाढीपीडितको व्यवस्थापन नगरेको आरोप लगाइन ।

Vianet communication

‘गर्मीमा तपाईंको कोठामा एसी चल्छ, चिसोमा हिटर चल्छ,' उनले भनिन्, ‘तर बाढीपीडितको घरमा क्या चल्लो होला ? कसरी बस्याका होलान् पाँच वर्षसम्म ?’ उनले शून्य समयमा बोल्दै तत्काल बाढीपीडितलाई छानामुनि ल्याउन माग गरिन् । ‘सरकारले तीन लाख दिन्या भन्याको थियो,' उनले भनिन्, ‘कैकन कसरी दियो हामीलाई जानकारी चाहियो ।’

प्रदेशसभा सदस्य अम्मर थापा, यज्ञ बिसी, अमृता शाही, वीरबहादुर शाही, पदमा खड्का लगायतले सडक अवरुद्ध भएको, बाटोघाटोको अवस्था दयनीय भएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद पदमा खड्काले अहिले कर्णालीको स्याउ भारत निर्यात भएकोमा खुशी हुनु नपर्ने बताइन । ‘कर्णालीको स्याउ भारत गयो भन्दैमा हामीले खुशी हुनुपर्ने अवस्था मैले देख्दिन,'  उनले भनिन्, ‘अहिले सस्तो दरमा स्याउ भारत पठाउने तर भविष्यमा महंगो दरमा स्याउ ल्याउने परम्परा हटाउन जरुरी छ । त्यसका लागि सरकारले दशै जिल्लामा भण्डारण गर्ने व्यवस्था मिलाउनु पर्छ ।’ 

पहाडी पाँच जिल्लामा तरकारीका लागि भण्डार कक्षा तथा हिमाली जिल्लाका लागि शीत भण्डार स्थापना गरी अर्गानिक स्याउ जगेर्ना गर्न सरकारलाई उनको आग्रह थियो ।

अर्का प्रदेश सभा सदस्य ठम्मर विष्टले कर्णालीमा गुणस्तरहीन खाद्यान्न विक्री वितरण भइरहेको बताए । ‘कर्णालीमा कुनै पनि सामानको दर रेट एकै छैन, खाद्यान्न सडे गलेका विक्री वितरण भइरहेका छन् । नापतौलमा एकरुपता छैन । कसैले ढुंगाको किलो बनाउँदै सामान बेच्छन, कोहीले साबुन, तेलका पाकेटका आधारमा विक्री गर्दै लुटतन्त्र कायम राखेका छन्,' उनले भने, ‘त्यसको नियन्त्रण कसले गर्ने हो ? जनताको चुलोमा सरकार कहिले पुग्ने हो ?’

सांसदहरुको प्रश्न पछि सरकारका दुई मन्त्रीले जवाफ दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका हुन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x