सिद्धबाबामा पहिरो : २ जीप पुरिए, १ जनाको मृत्यु

भदौ २७, २०७६

बुटवल–सिद्धबाबा नजिकै पहिरोले दुईवटा सवारी साधनलाई पुरेको छ । बुटवलबाट बागलुङ जाँदै गरेको यात्रुबाहक जीप सिद्धबाबामा पहिरोमा पुरिएको छ ।

शुक्रबार विहान यात्रुबाहक जीप पहिरोमा पुरिँदा जीप चालक कमल परियारको मृत्यु भएको छ । ट्राफिक प्रदेश कार्यालय प्रदेश नम्बर ५ का अनुसार २ वटा सवारी पुरेको पुष्टि गरेको हाे ।


ADVERTISEMENT

लु१ज २६१७ नम्बरको यात्रुबाहक जीपमा सवार ४ जना गम्भिर घाइते भएका छन् भने अन्य यात्रु सामान्य घाइते भएका छन् । 

यस्तै, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पीओ जीप पनि सो पहिरोमा पुरिएको छ ।

लु१च ५९३८ नम्बरको जीप पहिरोमा पुरिएको घटनास्थलमा पुगेका प्रहरीले बताएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

भदौ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस