×

NMB BANK
NIC ASIA

योगेशविरुद्ध होहल्लापछि प्रधानमन्त्रीका सल्लाहकारले लेखे: बताउँछौं नि पञ्चायत कस्तो हुन्थ्यो !

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध शनिवार साँझ नेपालगञ्ज विमानस्थलमा भएको हुलहुज्जतलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।

Muktinath Bank

मन्त्री भट्टराईका कारण बुद्ध एयरको विमान उड्न केही ढिला गरिएपछि आक्रोशित युवाहरूको समूहले उनीविरुद्ध होहल्ला गर्दै विभिन्न प्रश्न सोधेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसरी हल्ला गर्नेहरू प्राय: आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहका थिए । स्वयं शाहीलाई समेत भिडियोमा देख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि मन्त्री भट्टराईले तत्काल कुनै जवाफ दिएनन्, पछि सामाजिक सञ्जाल फेसबूकमार्फत क्षमा याचना गरेका छन् ।

Vianet communication

मन्त्रीविरुद्ध होहल्ला गर्ने युवाहरूले 'पञ्चायतमा यस्तो हुँदैनथ्यो' भनेको विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- 'मन्त्री भट्टराईलाई हुलहुज्जत गर्दा कसैले पञ्चायतमा यस्तो हुँदैनथ्यो भनेको पनि सुनियो । पञ्चायतको अन्त्य गर्दा हामी जो १९-२० वर्षका थियौं, बताउँछौं नि, त्यो बेला कसरी दरबारका कसैलाई कांक्रो खान मन लाग्यो भनेर हेलिकप्टरमा खोज्न पठाइन्थ्यो । नेपाली समाजको स्मरण शक्ति शून्य भएको छैन ।'

मन्त्री भट्टराईले पनि होहल्ला गर्नेहरूको नियत आफूले बुझेर चुप लागेको संकेत गरेका छन् ।

'नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एक जनाले पारस (पूर्व युवराज पारस शाह)का विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ? सम्म भने । त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहालें,' मन्त्री भट्टराईले लेखेका छन्– 'सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरूमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।'

आफू ढिला भएपनि काठमाडौं फर्किनै पर्ने दबाबका कारण विमान उड्न केही ढिला भएको स्वीकारेका छन् ।

'कैलाली जिल्लाको टीकापुरमा आयोजना भएको डलफिन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करीब १५ मिनेटमा हाम्रो टीमको बोर्डिङ भएको हो । भोलि (आइतवार) प्रतिनिधिसभामा माननीयहरूको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने दबाबमा म थिएँ,' मन्त्री भट्टराईले फेसबूकमा लेखेका छन् ।

होहल्ला गर्नेहरूले नै भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x