मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – साउदी अरबका दुई तेल भण्डारमा शनिवार भएको ड्रोन आक्रमणपछि पश्चिम एसियामा तनावको स्थिति छ ।
आक्रमणको जिम्मेवारी हूती विद्रोहीहरूले लिएका छन् । तर अमेरिकाले यसका लागि इरानलाई जिम्मेवार बताएको छ ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले हूतीको संलग्नताको दाबीलाई खारेज गरेका छन् ।
साउदी अरबका ऊर्जामन्त्रीले यस आक्रमणका कारण कच्चा तेलको उत्पादन प्रतिदिन ५७ लाख ब्यारलसम्म घटेको बताएका छन् । यसले गर्दा अब संसारभरि तेलको मूल्यमा असर पर्ने विश्लेषकहरूको भनाइ छ ।
ड्रोन आक्रमणमार्फत अबकीक र खुरैसका तेल भण्डारहरूलाई तारो बनाइएको थियो ।
साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले विगत चार वर्षदेखि यमनका हूती विद्रोहीविरुद्ध युद्ध गरिरहेका छन् । इरानले विद्रोहीहरूलाई समर्थन गरिरहेको भनी साउदी अरबले लगातार आरोप लगाइरहेको छ । इरानले भने यसलाई अस्वीकार गरिरहेको छ ।
पम्पिओले इरानमाथि लगाएको ताजा आरोपका विषयमा इरानले प्रतिक्रिया जनाइसकेको छैन । तर अहिले इरान र अमेरिकाको सम्बन्ध खराब हुँदै गइरहेको छ । पश्चिम एसियामा अमेरिकाको निकटतम सहयोगी साउदी अरब हो ।
साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार, युवराज मोहम्मद बिन सलमानले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेर आफ्नो सरकार यस आतंकवादी आक्रमणलाई जवाफ दिन इच्छुक र समर्थ रहेको बताएका छन् ।
पश्चिम एसियाको कूटनीतिक गतिविधिमा निगरानी गर्ने विशेषज्ञहरूले साउदी अरबलाई यस क्षेत्रमा इरानको दबदबा कहिले पनि स्वीकार्य नभएको बताएका छन् । हूती विद्रोहीहरूलाई इरानका तर्फबाट सहायता प्राप्त भएको भन्ने साउदी अरबको दाबीमा पनि उनीहरू प्रश्न उठाउँछन् ।
भारतको दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एके पाशाले तमाम आरोप लागे पनि साउदी अरबले हूती विद्रोहीहरूलाई इरानका तर्फबाट सहायता प्राप्त भएको प्रमाण दिन नसकेको दाबी गरे ।
एके पाशाले भने, ‘इरान हूतीहरूलाई समर्थन गर्छ भन्ने कुरा प्रचारबाजी मात्र हो । अहिलेसम्म यमनमा एकजना पनि इरानी सैनिकलाई पक्राउ गरिएको छैन, न त इरानी हतियार नै भेटिएको छ । साउदी अरबको अनुमति विना त्यहाँ एउटा जहाज पनि जान सक्दैन । चारैतिर नाकाबन्दी छ । विमानस्थलहरू पनि साउदी अरब नेतृत्वको गठबन्धनकै नियन्त्रणमा छ । अनि इरानले कसरी हूतीहरूलाई सहायता गर्न सक्छ ? यमनका पूर्व राष्ट्रपति अली सालेहले जुन हतियार रुस र चीनबाट प्राप्त गरेका थिए, तिनै हतियार हूतीहरूकहाँ पुगेको छ । उनीहरू लगातार त्यही हतियार उपयोग गरिरहेका थिए ।’
पश्चिम एसिया मामिलका जानकार कमर आगा इरानको त्यस क्षेत्रका अनेक देशमा प्रभाव रहेको र रुस जस्ता देशले इरानको त्यो असर कायम रहोस् भन्ने चाहेको बताउँछन् ।
‘इरानले सिरियामा ठूलो प्रभाव पारेको छ । इराकमा पनि उसको प्रभाव छ । लेबनानमा पनि छ । अब यमन पनि इरानतिर ढल्कियो भने शक्तिसन्तुलनको स्थिति बिग्रन्छ । यो पूरै क्षेत्रमा तेलको विशाल भण्डार छ । ठूला देशहरूको स्वार्थ यहाँ गाँसिएको छ । बहुराष्ट्रिय कम्पनीहरूको हित पनि यसमा जोडिएको छ ।’
इरानको प्रभाव बढेको साउदी अरबलाई मन परेको छैन र उसले आफ्नो अस्तित्व खतरामा परेको उसलाई लाग्छ । अनि उसको नजर यमनका तेल र ग्यास भण्डारमा पनि छ ।
एके पाशा भन्छन्, ‘वास्तविक लडाईं साउदी अरब र यमनका मानिसबीच छ । शताब्दियौंदेखि साउदी अरब यमनमाथि प्रभाव जमाउन चाहन्छ ।’
कमर आगा भन्छन्, ‘यमनमा परिस्थिति दिनदिनै बिग्रँदै गएको छ । त्यहाँका मानिसका लागि खानेकुराको अभाव छ । रोग र महामारी निकै फैलिएको छ । मानिस मरिरहेका छन् । मानवअधिकारको चरम उल्लंघन भइरहेको छ ।’
संयुक्त राष्ट्रसंघले सन् २०१६ मा युद्ध शुरू भएदेखि कम्तीमा १० हजारजनाको मृत्यु भइसकेको बताएको छ । विभिन्न निकायहरू चाहिँ मर्नेको संख्या ७० हजारसम्म पुगेको बताउँछन् ।
बाँचेकाहरू पनि युद्धमा परेका छन् । संघर्षका कारण यमनको जनसंख्या रगतको आँसु पिउन बाध्य छ । यमन अहिले संसारको सबभन्दा गरीब देशमध्ये एक भएको छ ।
तर साउदी अरब र उसका सहयोगीलाई पनि निकै झड्का लागेको छ । कमर आगा त साउदी अरब दलदलमा फसेको बताउँछन् ।
स्विडेनमा हूती प्रतिनिधि र अन्तर्राष्ट्रिय मान्यताप्राप्त हादी सरकारबीच सम्झौताको कोशिशपछि पनि युद्धविराम हुन सकेको छैन । तर पाशाले आशाको किरण देखिएको बताएका छन् ।
‘अलि अलि गरी आशा बढेको छ । इरान र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले युद्धविराम गराउन प्रयास गरिरहेका छन्,’ उनले भने ।
युद्धका कारण यमन ध्वस्त भइसकेको छ । यमनमा युद्ध गरिरहेको यूएई अब नलड्ने सोच बनाउन थालेको छ र साउदी अरब पनि थाकिसकेको छ ।
यमनको युद्ध कहिले रोकिन्छ भनी ठ्याक्कै भन्न सकिने स्थिति छैन । विशेषगरी शनिवारको घटनाक्रमले त स्थिति झनै बिगार्ने देखिन्छ ।
बीबीसी हिन्दीबाट
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...