विप्लवका कार्यकर्ता पक्राउ

भदौ ३०, २०७६

काठमाडौँ - नेत्रविक्रम चन्द समूहका एक कार्यकर्तालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा चन्द समूहको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ ।

ताजाकोट गाउँपालिका–५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस