कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ -बुद्ध एयरले शनिवार साँझ नेपालगंजमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईमाथि भएको हुलहुज्जतका बारेमा विज्ञप्ति निकालेरै स्पष्टीकरण दिएको छ ।
स्पष्टीकरणमा मन्त्रीका कारणले मात्र नभइ आक्रोशित भीडका कारणले २४ मिनेट ढिलो उडेको उल्लेख गरिएको छ ।
आक्रोशित समूहका कारण विमानको एकातर्फको वजन बढ्न गई विमान ढल्केको आरोप विज्ञप्तिमा लगाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति -
श्रीमान् महानिर्देशकज्यू
नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल,काठमाण्डौ
विषयः घटनाको सत्य तथ्य बारेमा।
मिति २०७६ भाद्र २८ गते शनिवारको उडान नं. BHA 406मा माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराई समेत रहनुभएको थियो सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ।
१) काठमाडौँबाट नेपालगन्जका लागि विमान १६:५० बजे उड्नुपर्नेमा काठमाण्डौंबाट नै २३ मिनेट ढिला भई १७१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८:०२ मा अवतरण गरेको थियो।
२) काठमाडौँको Buddha Air Flight Operationले नेपालगन्जलाइ दिएको Revised Timeअनुसार नेपालगन्जबाट विमान १८:२५ को सट्टा १८.४० मा उड्नुपर्ने थियो।
३) बुद्ध एयर सँगै जस्तो यति एयरलाइन्सको विमान १७.५३ मा अवतरण गरेर १८:२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८:३० मा अवतरण गरेर १८:५१ मा उडेपछि हाम्रा यात्रुहरु विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए। सोही समयमा माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८:२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर हामी धम्बोजी आइपुग्यौँ भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरुलाई १८:३० तिर विमानमा बोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई उहाँहरुले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो।
४) माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरु कै अगाडि १४-१५ जना यात्रहरुको समूह हाम्रा विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट १८:४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरुसंग वादविवाद गर्न थाल्नुभएको थियो। सो विवाद ६-८ मिनेट जति चलेको थियो।
५) मन्त्रीज्यु १८:५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह उहाँतिरै फर्केर तपाइँ किन ढिला आउनुभएको,तपाइँले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आकोशित हुनथालेपछि मन्त्रीज्यू चपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीज्यूसंगसंगै विमान भित्र एकैचोटी चढेर एकै ठाउँमा उभिएर ४-५ मिनेटसम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो।
६) नेपालगन्जलाइ दिएको Revised Timeअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९:०४ मा विमान उडेको थियो।
७) उल्लेखित घटनामा माननीय मन्त्रीज्युका सुरक्षाकर्मी र सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो।
रुपेश जोशी
निर्देशक,
बजार व्यवस्थापन विभाग
बुद्ध एयर प्रा लि.
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...