मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडौं – प्रतिनिधि सभाको बिहीवारको दोस्रो बैठकले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५ र अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा विचार गरियोस् भनी सदनसमक्ष राखेका प्रस्ताव स्वीकृत भएका हुन् ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहेका राजकिशोर यादवको सट्टा लक्ष्मणलाल कर्ण तथा संघीय संसद् संसदीय सुनुवाइ समितिका सदस्य योगेश भट्टराईको सट्टा देव गुरुङ रहने गरी सदस्यको नाम हेरफेरका सम्बन्धमा सभामुख कृष्णबहादुर महराले राखेको प्रस्तावलाई सदनले सहमति जनाएको थियो ।
यसअघि बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रमा धेरै समस्या र वित्तीय उत्तरदायित्व कमजोर भएकै कारणले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक ल्याउनु परेको स्पष्ट पारे ।
उनले करीब १ दशकदेखिको यो प्रयास यस पटक भने सफल भएको बताउँदै विगतमा उत्तरदायित्व पालना गर्ने क्रममा देखिएका अनियमितताका विषय सम्बोधन हुने गरी विधेयक प्रस्तुत भएको र विधेयकको माध्यमबाट आर्थिक सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
सबै कुराको समस्याको समाधान ऐन मात्र नभएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘मुलुकको आर्थिक अनुशासन कायम गराउने धेरै कानून छन् । कानून कार्यान्वयन प्रभावकारी ढंगले गर्न सकियो भने आर्थिक विसंगति, कमी कमजोरी हल गरेर अघि बढ्न सक्छौं ।’
अर्थमन्त्रीसँग सांसद डा. मीनेन्द्र रिजाल र प्रेम सुवाल लगायतले प्रश्न राखेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...