सेवाग्राहीलाई निःशुल्क सेवा दिन्छौं : ललिपुर प्रहरी प्रमुख

असोज २, २०७६

काठमाडौं– ललितपुर प्रहरी परिसरमा सेवा लिन आउने सेवाग्राहीले अब कुनै पनि बहानामा पैसा तिर्नु नपर्ने भएको छ । 

बिहीवार पत्रकारहरूसँगको भेटघाटमा महानगरीय प्रहरी परिसर ललिपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

राईले भने– ‘सेवा लिन आउने सेवाग्राहीलाई विभिन्न बहानामा लिइने सेवा शुल्क हामीले नलिने निर्णय गर्ने भएका छौं ।’

राईले थपे, ‘एउटा निवेदन लेखिदिँदा १ सय रुपैयाँसम्म लिने गरेको देखिएको छ, यसको अन्त्य गर्नेछु ।’ 

एसएसपी राईले लेलेको ढुंगाखानीमा कानूनविपरीत काम भएको थाहा पाएमा सूचना दिन समेत आग्रह गरे । 

केही समयअगाडि ढुंगाखानीको समाचार संकलन गर्न जाँदा नेपाल समाचारपत्रका पत्रकारमाथि हातपात भएको थियो ।

राईले भने– ‘यदि कसैले कानूनविपरीत कसैलाई दुःख दिएको खण्डमा हामीलाई खबर गर्नुहोस् । हामीले सादा पोशाक वा बर्दी जस्तो अवस्थामा पनि प्रहरी खटाउन सक्छौं ।’

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस