×

NMB BANK
NIC ASIA

व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै दुर्व्यवहार र गालीगलौज

असोज २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ - चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ ।

Muktinath Bank

खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा बिहीवार विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ ।


Advertisment
Nabil box
Kumari

अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक जारी नगरी कारोबार गरेको पाइएपछि विभागको टोलीले चार वटा थोक पसलेमाथि जरिवाना गरेको छ ।

Vianet communication
Laxmi Bank

उनीहरुलाई प्रत्येकलाई रु ५०/५० हजारको जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

प्रहरीसहित विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि त्यस क्षेत्रका व्यापारीले अनुगमनको चर्को विरोध गर्दै गालीगलौजमा उत्रिएका थिए । व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै अनुगमन टोलीमाथि दुव्र्यवहार गरेका थिए ।

उनीहरुले अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेका थिए । व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए । पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो ।

ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ । तीनै व्यापारीले दिएको सूचनाका आधारमा आज विभागले तयारी पोशाकको होलसेल मानिएको रञ्जना क्षेत्रमा अनुगमन गरेको हो ।

नजिकिँदो दशैँ, तिहारलगायत चाडबाडमा कपडा खरीदमा ठूलो धनराशी खर्च गर्ने हुँदा उपभोक्ता चर्को ठगीमा नपरुन् भनेर विभागले तयारी पोशाकका क्षेत्रमा अनुगमनलाई व्यापकता दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x