×

NMB BANK
NIC ASIA

विज्ञान–प्रविधि

युवा इन्जिनियरको आविष्कार : गाडीमा इन्धन खपत कम गर्ने ‘सक्स किट’

असोज ४, २०७६

NTC
Premier Steels

बुटवल – प्रत्येक वर्ष पेट्रोलिय पदार्थ आयात गर्दा नेपालमा अर्बाैं रूपैयाँ बाहिरिन्छ । रूपन्देहीका एक युवा इन्जिनियरले सवारीसाधनले पेट्रोलियम पदार्थ कम खपत गर्ने उपकरण आविष्कार गरेका छन् ।

Muktinath Bank

भारतको बेङलुरुबाट मेकानिकल इन्जिनियरिङ पूूरा गरेका बुटवल उपमहानगरपालिका–९ मिलनचोकका शिशिर जिसीले ‘फ्यूल सेभर किट’ डिभाइसको आविष्कार गरी प्रयोगमा ल्याएका हुुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फयूल सेभर किट’ सवारीसाधनमा जडान गरेपछि करीब २५ देखि ४० प्रतिशतसम्म इन्धन बचत हुने इन्जिनियर जिसीको दाबी छ । २६ वर्षीया जिसीले बनाएको डिभाइस गाडीमा राखेपछि इन्धन राख्नै नपर्ने भन्ने होइन ।


Advertisment
Nabil box
Kumari

डिभाइसमा प्रशोधिन पानी राखिएको छ । जुन पानी गाडीको इन्जिनमा जडान गरेपछि हाइड्रोजन र अक्सिजन छुट्टिन्छ । हाइड्रोजन पेट्रोलियम पदार्थभन्दा बढी प्रज्वलनशील पदार्थ हो । किटले पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याएर इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजनलाई इन्जिनमा पठाउँछ, जसले गर्दा गाडीमा राखिएको इन्धनको खपत ४० प्रतिशतसम्म कम हुने शिशिर बताउँछन् । डिभाइस सबै प्रकारका ठूला गाडीदेखि मोटरसाइकसम्म जडान गर्न मिल्छ ।

Vianet communication

‘पानीबाट हाइड्रोजन र अक्सिजन छुट्छ । हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ । हाइड्रोजनको क्षमता पेट्रोल/डिजेलभन्दा ३ गुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशतसम्म काम गरिदिन्छ । यति मात्रै होइन, यो डिभाइसले इन्जिनको क्षमता वृद्धि, पीकअप पावर वृद्धि र आवाजसमेत कम गराउँछ,’ उनी भन्छन् ।

उनका अनुसार हाइड्रोजन ग्यास प्रयोगपछि गाडीले फाल्ने दुषित कार्बनमोनोअक्साइड जस्ता ग्यासको उत्सर्जन ५० प्रतिशत कम हुन्छ । इन्धनमा ४० प्रतिशत, इन्जिन क्षमता वृद्धि, वातावरण प्रदूषणसमेत ५० प्रतिशतले कम हुने उनले दाबी गरेका छन् । 

‘तेल बचाऔं देशलाई अघि बढाऔ’ भन्ने जिसीको मुख्य नारा छ । उनी भन्छन्, ‘यो फ्यूल सेभर गाडीमा जडान गरेपछि पैसा बचाउँछ । गाडीले माइलेज धेरै दिन्छ, इन्जिनको पीकअप पावर (टर्क) बढाउँछ, इन्जिनको लाइफ बढाउँछ, वातावरणमैत्री छ, इन्जिनमा जमेको कार्बन निकाल्छ, प्रदूषण घटाउँछ, ग्लोबल वार्मिङ घटाउँछ, इन्जिनको आवाज कम गराउँछ । इन्जिनको क्षमता पनि बढाउँछ ।’

‘नेपालमा प्रत्येक वर्ष २ खर्ब २३ अर्बको इन्धन आयात हुँदै आइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग हुने गाडीमा फ्यूल सेभर यन्त्र जडान गरेमा राज्यको वार्षिक १ खर्ब रूपैयाँ बचत हुन्छ,’ शिशिरले भने । शिशिरका अनुसार कारमा प्रयोग गर्न मिल्ने किटमा ४.६ लिटर प्रशोधित पानी राखिएको हुन्छ । यसले ६ सय ५० किलोमिटर दूरीसम्म गाडी गुडाउन मिल्छ । उपकरणमा पानीको मात्रा देखाउने इन्डिकेटर हुन्छ । पानी सकिएपछि फेरि भर्न मिल्छ ।

सवारीसाधन अनुसार ‘सक्स’ किटको साइज पनि फरक–फरक हुने उनले बताए । कारमा प्रयोग हुने ‘फ्यूल सेभर’ किटलाई ४० देखि ५० हजार रुपैयाँ मूल्य पर्ने जिसीले बताए ।

किट १ पटक जडान गरेपछि लामो समयसम्म परिवर्तन गर्नुु पर्दैन । नेपालजस्तो भूपरिवेष्ठित र पेट्रोलियम खानी नभएको देशका लागि यो उपकरण निकै उपयोगी हुने जिसीले बताए । उनले सबै नेपालीलाई ‘फ्युल सेभर’ प्रयोग गर्न आह्वान गरे ।

आविष्कारको ‘आइडिया’

जिसीले भारतमा अध्ययन गर्दैगर्दा २०७२ सालमा नेपालको संविधान जारी भयो, त्यसको विरोध गर्दै भारतले अघोषित नाकाबन्दी लगायो । देशमा पेट्रोलियम पदार्थदेखि अन्य खाद्यान्नको समेत हाकाकारको स्थिति सिर्जना भयो ।

त्यहीबेला शिशिरले किट बनाउनेको कल्पना गरे । डेढ वर्षअघि डिभाइस बनाएर आफ्नै गाडीमा फिट गरे । यसले सकारात्मक नतिजा दिएपछि अझै सुधार गर्दै उनले डिभाइस तयार पारेका हुन् । कारजीपमा प्रयोग गर्न मिल्ने डिभाइसको साइज ३० सेन्टिमिटर चौडाइ र ३० सेन्टिमिटर उचाइको छ । मोटरसाइकलको लेगगार्डमै डिभाइस राख्न सकिन्छ भने ठूला गाडीको केही ठूलो छ ।

५ नम्बर प्रदेश सरकारले पनि उनको क्षमता देखेर उनलाई सम्मान गरेको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले युवा इन्जिनियर जिसीको क्षमतालाई कदर गरिएको बताए । गिरीले युवापुस्ताको आविष्कार आम नागरिकको लागि उपयोगी भएको बताए ।

मन्त्रालयबाट आविष्कारबारे जानकारी लिएर उनलाई सम्मान समेत गरिएको उनी बताउँछन् । पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिने काम प्रदेश र स्थानीय सरकारको बढी रहेको बताए । परनिर्भरताको कुरा मात्र गर्ने तर अनुसन्धानको कुरामा पछि पर्ने गरिएको उनले बताए । 

यन्त्रको व्यावसायिक रूपमा बिक्री शुरू गर्ने योजना रहेको जिसीले सुनाए । उपकरणको उत्पादन र बिक्रीका लागि उनले ‘जिसी रिसर्च एण्ड डेभलपमेन्ट प्रालि’ सञ्चालन गरेका छन् । उपकरणको परीक्षण सफल भएपछि शिशिरले उद्योग विभागमा पेटेन्ट राइट दर्ता गराएका छन् तर प्रमाणपत्र अझै पाएका छैनन् ।

परिवारमा एक्लो छोरो शिशिरलाई बुवा, आमा र दिदीले नयाँ खोज र अनुसन्धानमा साथ दिएको उनी बताउँछन् । उनले युवा प्रतिभालाई संरक्षण र प्रोत्साहन गर्न तीनै तहका सरकारको ध्यान पुग्नुपर्ने धारणा राखे ।

छोराको आविष्कार देखेर उनका बुवा बैकुण्ठ मख्ख छन् । उनी भन्छन्, ‘यो उपकरण नेपालका लागि एकदमै महत्त्वपूर्ण छ । यसले गाडीको इन्जिनलाई कुनै असर गर्दैन भनेर प्रमाणित भइसकेकाले यसलाई अब सबै नेपालीले प्रयोग गरिनुपर्छ ।’

रुपन्देहीमा शिशिरजस्ता धेरै युुवाले नयाँ–नयाँ वस्तुु आविष्कार गरेका छन् तर राज्यले प्रोत्साहन र उनीहरूको क्षमताको कदर गर्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x