×

NMB BANK
NIC ASIA

अब मोबाइलमै जीवन बीमा !

असोज ४, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

काठमाडौं – राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । 

Muktinath Bank

सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थानले संविधान दिवसको अवसर पारेर ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन शुरुआत मात्र रहेको बताउँदै भने, ‘यो एप्स शुरुआत मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र मागअनुसार नयाँ नयाँ सुविधा पनि थप्दै लैजाने छौं ।’

Vianet communication

मोबाइल एप्सामा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्ताले खोजेअनुरुपका अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने प्रयास गर्ने उनको भनाइ छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीव्र बनाएको बताए । 

जीवन बीमा व्यवसाय अघि बढाउने सन्दर्भमा संस्थानको गति तीव्र बनाइसकेका भन्दै उनले यो कार्यको थालनीसँग नागरिक लगानी कोषमार्फत आएको राष्ट्रसेवक कर्मचारीको ३ लाख १८ हजार ‘पोलिसी’ एपमा समावेश गरिसकेको जानकारी दिए ।

संस्थानका अभिकर्ता हरिशरण शिवाकोटीले संस्थानको मोबाइल एप्सा संस्थान, अभिकर्ता र बीमितबीचको कडीको रुपमा आएको भन्दै बीमाका योजना छान्नेदेखि बीमा गर्नेसम्मको प्रक्रियालाई छोटो बनाइदिएको बताए ।

मोबाइल एप्समार्फत बीमा संस्थान र संस्थानका बीमा योजनाबारेमा जानकारी लिन, बीमा गराउनका लागि संस्थानको कार्यालय धाउन नपर्ने भएको छ । नयाँ बीमा गराउन चाहने सर्वसाधारणले बैंकमार्फत भुक्तानी गरेर सोही एप्समार्फत नै प्रक्रिया अघि बढाउन सक्नेछन् ।

मोबाइल एप्साको प्रयोगबाट नयाँ ग्राहक (साउन १ गतेदेखि संस्थानमा संलग्न रहेका ग्राहकहरु) ले सेवा लिन सक्नेछन् भने पुराना ग्राहकको विवरण यही आर्थिक वर्षभित्रमा एप्समा अपलोड गरी सक्ने संस्थानको भनाइ छ ।

एप्समा विवरण अपलोड गर्ने काम सकिएपश्चात पुराना ग्राहकलाई समेत ‘युजर’ र ‘पासवर्ड’ उपलब्ध गराउने संस्थानको योजना रहेको छ । तत्कालका लागि एपमा ‘डिजिटल पेमेन्ट सिस्टम’ नरहेको र चाँडै नै प्रयोगमा ल्याउने र सोहीमार्फत प्रिमियम भुक्तानी गर्न सकिने संस्थानले जनाएको छ । 

तत्काललाई भने रकम भुक्तानी गर्न बैंकमा रकम जम्मा गरेर भौचरको प्रयोग गरी भुक्तानी पूरा गर्न सकिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x