कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं – दिमाग नलगाइकन मोबाइल फोनमा झुण्डिँदा आँखा मात्र नभई नितम्बमा पनि असर गर्ने एक चिकित्सकले चेतावनी दिएकी छन् ।
डा साराह जार्भिसका अनुसार, शौचालयमा मोबाइल फोन लिएर जाने गर्दा हेमोरोइड्सको सम्भावना हुन्छ ।
त्यो पाइल्सको अर्को नाम हो । नितम्बभित्र वा बाहिर रक्तनली फुलेर बन्ने गाँठो नै पाइल्स हो ।
हुन त फोन प्रयोग गर्दैमा पाइल्स हुने हैन तर शौचालयमा मोबाइलका साथ अत्यधिक समय बिताउँदै इमेल वा सामाजिक सञ्जाल चलाउँदा पनि पाइल्स भइदिन सक्छ ।
मोबाइल लिएर बस्दा दिसा निकाल्नका लागि कनिन्छ र त्यसले तल्लो रेक्टमका नसामा दबाब पर्छ र ती सुन्निन्छन् ।
लन्डनमा प्राक्टिस गर्ने डा साराह जार्भिसले द सन पत्रिकालाई बताइन्, ‘कब्जियत र दिसा गर्न कन्ने कामले पाइल्सको जोखिम बढाउँछ । गर्भवती हुनु, लहरेखोकी लाग्नु र बूढो हुँदै जानु पनि अन्य कारक हुन् । तर शौचालयमा लामो
समय बस्नु चाहिँ पाइल्सको जोखिमको प्रमुख कारण हो । आजकल मानिसहरूलाई दिसा गरुन्जेल यापहरू चेक गर्न मन लाग्छ तर चिकित्सकहरू त्यसो नगर्न सल्लाह दिन्छन् ।’
पाइल्सको समस्या सोचेभन्दा धेरै मानिसलाई हुने किनकि धेरै मानिसले चुपचाप यसलाई सहने गरेको डा जार्भिसले बताइन् ।
समय समयमा चारमध्ये तीनजनालाई पाइल्स हुने द मायो क्लिनिकले जनाएको छ ।
हुन त पाइल्स आफैं बिस्तारै निको हुन्छ तर प्रोल्याप्स्ड हेमोरोइड भएमा यसले असह्य पीडा दिन्छ ।
यसबाट बच्न उच्च फाइबरयुक्त खानेकुरा र प्रशस्त पानी पिउनुपर्छ ।
एजेन्सी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...