मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन् ।
मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन । बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ ।
समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ । केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ ।
एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ । रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ । १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।
कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् । यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ । केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न । किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।
मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आपूmले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ । मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ ।
अनस्याच्युरेडेड चिल्लो वा स्वस्थ चिल्लोका स्रोत जस्तो कि बदाम, गेडागुडीसँग केरा खाँदा शरीरलाई बढी फाइदा पुग्छ । रगतको ग्लुकोजमा यसले सकारात्मक प्रभाव पर्ने देखिएको छ । यस अतिरिक्त दहीसँग केरा खाँदा पनि शरीरलाई धेरै राम्रो हुन्छ । विशेषगरी पाचन प्रणालीलाई यसले फाइदा मिल्छ ।
अनुसन्धानकर्ताले रगतको ग्लुकोजमा काँचो केराको प्रभाव जाँच गरेका छन् । हरियो केरा वा पूरै नपाकेको केराले रगतमा ग्लुकोजको मात्रा खासै नबढाउने पाइएको छ । किनभने काँचो केरामा कम चिनी हुन्छ । साथै काँचो केरामा शरीरले सजिलै पचाउन नसक्ने स्टार्च हुने भएकाले रगतमा ग्लुकोजको मात्रा विस्तारै वृद्धि हुन्छ ।
मानिसले दिनमा कति केरा खानुपर्छ भन्ने कुरा उसको शारीरिक क्रियाकलाप र रगतमा चिनीको मात्रामा केराले पार्ने प्रभावमा भर पर्छ । कडा परिश्रम गर्नेले बढी केरा खान सक्छन् । केही मानिसको रगतमा चिनीको मात्रा केरा वा अन्य फलप्रति बढी सम्वेदनशील पनि हुन्छ
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...