×

NMB BANK
NIC ASIA

प्रहरीको योजना असफल

ट्राफिकको योजनाले नौबिसे–कलंकी सडक खण्डमा खायो हावा ! यात्रुलाई सास्ती

असोज १०, २०७६

NTC
Premier Steels

काठमाडौं – दशैंतिहार चाडपर्वमा काठमाडौं उपत्यका भित्रिले र बाहिरिने सवारीसाधनले जामको सास्ती खेप्नुपरेको छ ।

Muktinath Bank

बिहीवार काठमाडौं उपत्यका भित्रिन लागेका हजारौं गाडी नौबिसेदेखि कलंकी सडकखण्ड झण्डै २० किलोमिटर पार गर्न यात्रुलाई ८–९ घण्टा लामो जाम खेप्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय ट्राफिक प्रहरीले दशैंतिहारको समयमा हुने सवारीसाधनलाई व्यवस्थित गर्न भन्दै विशेष योजना समेत सार्वजनिक गरेको १ हप्ता नबित्दै यात्रुले २० किलोमिटरभन्दा बढी लामो जाम खेप्नुपरेको छ ।


Advertisment
Nabil box
Kumari

विशेष योजना सुनाउँदै महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भीमप्रसाद ढकालले भनेका थिए, ‘हामीले जामलाई मध्यनजर गरेर नागढुंगा नौबिसे सडकखण्डमा एउटा र्‍याकर राखेका छौं ।’

Vianet communication

अत्याधिक सवारी जामका कारण उपचारका लागि काठमाडौं आउँदै गरेका रौतहटका मृगौला पीडित रुकलाल साहको धादिङको थाक्रे गाउँपालिकास्थित पृथ्वी राजमार्गमा बसभित्र नै ज्यान गुमेको छ । ‘हामी यात्रुले लामो जाम खेपिरहेका छौं । प्रहरीले जति कार्यक्रम सार्वजनिक गरेपनि सधै यस्तै हो,’ चितवनमा हरिप्रसाद रोकायाले गुनासो गरे, ‘चितवनबाट हिँडेर आएको भएपनि काठमाडौं ९–१० घण्टामा पुगिन्थ्यो, गाडीमा नै २१ घण्टा भयो ।’

बुटवलबाट बिहान ६ बजेको बस चढेकी प्रमिला घिमिरे राति २ बजे नौबिसे बसमै थिइन् । ‘काठमाडौं कहिले पुगिने हो थाहा छैन । जाम खुल्ला जस्तो छैन,’ निराश हुँदै आफन्तलाई फोन सुनाउँदै थिइन् तर ट्राफिक प्रहरीले भने जाम धेरै समयको जाम नभएको दाबी गरेको छ ।

पछिल्लो ४ दिनमा मुग्लिङ–नागढुंगा सडक खण्डमा ९९ वटा गाडीलाई उपत्यकाबाट सञ्चालित र्‍याकरले हटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । ‘हिजोको जामलाई मध्यनजर गरेर हामीले प्रहरी निरीक्षकको कमाण्डमा १० जना टोली खटाएका छौं,’ उनले भने, ‘हिजो सडक मर्मत गर्दा ठूलो ट्रक चिप्लिएर केही समय सडक अवरुद्ध भएको हो ।’

१२ गतेदेखि १० चक्के मालवाहक ट्रकलाई प्रवेश निषेध

काठमाडौं उपत्यका भित्रिने १० चक्केभन्दा माथिका सवारीसाधनलाई नारायणगढमै आइतवारदेखि १८ गतेसम्म रोकिने भएको छ । 

ठूला सवारीसाधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ । चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको एसएसपी ढकालले बताए । 

त्यसअघि शुक्रवार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठूला सवारीसाधन रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठूला मालबाहक सवारीसाधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x