×

NMB BANK
NIC ASIA

कर्णालीमा ३५ सय बालबालिकामा अटिजम भएको आशंका, १४ र १५ गते परीक्षण शिविर

असोज १३, २०७६

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा असोज १४ र १५ गते अटिजम पहिचान शिविर सञ्चालन हुने भएको छ । अटिजम केयर सोसाइटी कर्णालीले प्रदेशभित्र ३५ सयभन्दा बढी अटिजमपीडित बालबालिका रहेको हुनसक्ने दाबी गरेको छ ।

Muktinath Bank

‘मैले अटिजम भएकाहरूको पहिचान गर्ने संस्था बनाउन करीब साढे दुई लाख रुपैंया खर्च गरिसकेको छु,’ संस्थाका अध्यक्ष एवं कर्णाली प्रदेश सभाका सदस्य सुशील थापाले भने, ‘अहिलेसम्म राज्यले अटिजम भएका बालबालिकाका लागि खासै केही नगरेका कारण हामीले यो काम गर्नुपरेको हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार वीरेन्द्रनगरमा अटिजम परीक्षण शिविर आयोजना गरिसकिएको छ भने असोज १४ र १५ गते काठमाडौंबाट डाक्टर आउने र उनीहरूले अटिजम परीक्षण गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

‘संस्थाको कार्यालय रहेको बीरेन्द्रनगरको वडा नं. ७ इत्राम, शिवालय चोकमा उक्त शिविर राखेका छौं । शंका लागेका बालबालिकालाई त्यहाँ ल्याउन आग्रह गर्दछु,’ उनले भने, ‘जाँचका लागि कुनै शुल्क लाग्ने छैन ।’ १३ महिनापछि आफ्नो छोरामा अटिजम भएको हो कि भन्ने लागेको र १८ महिना पुग्दा मात्रै अटिजम भएको पत्ता लागेपछि आफूले अटिजमको बारेमा जनचेतना जगाउने, थेरापी गर्ने अभियानको शुरूवात गरेको उनले बताए ।

Vianet communication

‘मैले लाखौं रुपैयाँ छोराको उपचारका लागि खर्च गरेको थिएँ । अन्त्यमा अटिजम भएको पत्ता लाग्यो,’ अध्यक्ष थापाले भने, ‘त्यसपछि यो अटिजमबारे जनचेतना जगाउनुपर्छ र अन्य बालबालिकालाई थेरापी गरेर भएपनि उपचार गराउनुपर्छ भनेर म यसमा लागेको हुँ ।’

उनले विगत तीन दिनमा वीरेन्द्रनगरमा अटिजम परीक्षण गर्न भनेर बालबालिका सम्पर्कमा आएको जानकारी दिए । ‘हामीले केही पत्रिकामा सूचना राखेका थियौं,’ उनले भने, ‘शंकास्पद् ४० जना बालबालिकाका अभिभावकहरू हाम्रो सम्पर्कमा आउनुभएको छ ।’ 

उनले प्रदेश सरकारले यो वर्ष अटिजमका लागि भन्दै केही बजेट विनियोजन गरेपनि उक्त बजेट कार्यान्वयनमा संस्थालाई असहज भएको बताए ।

प्रदेश सभा सदस्य तथा नेकपा संसदीय दलका सचेतक सीता नेपालीले कर्णालीमा कतिजनामा अटिजम छ भन्ने अनुसन्धान गर्नुपर्नेमा जोड दिइन् । 

त्यसका लागि सदनमा आफूहरू कुरा उठाउन तयार रहेको उनको भनाइ छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारले अटिजम केयर सेन्टका लागि केही बजेटको व्यवस्था गरेको बताए ।

अटिजमलाई नीति तथा कार्यक्रममा पनि प्राथमिकताका साथ राखिएको उनको भनाइ छ ।

बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहने सोसायटीकी लक्ष्मी कार्कीले बताइन् । 

उनका अनुसार यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ । अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि बच्चाको मानसिक विकासमा भने असर पुर्‍याउँछ । 

दोहोरो कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न, खेल्न नसक्नेजस्ता समस्या देखिने उनको भनाइ थियो ।

‘अटिजम निको हुँदैन तर, अटिजम भएका बालबालिकाले राम्रो साथ–सहयोग पाए उनीहरूको व्यवहारमा परिवर्तन भने ल्याउन सकिन्छ,’ कार्कीले भनिन्, ‘अटिजम भएका बालबालिकालाई छुट्टै साथ र सहयोगको आवश्यकता पर्छ र उनीहरूलाई शिक्षा–दिक्षा दिने तरिकासमेत पनि फरक हुन्छ । अटिजम कुनै चिकित्सकीय रोग भने होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x