काँचो खानेकुराले आँतको ब्याक्टेरिया मार्ने अध्ययनको निष्कर्ष

असोज १४, २०७६

काठमाडौं – तरकारी काँचै खानुभन्दा पकाएर खाँदा आँतको ब्याक्टेरियामा परिवर्तन आउने एक नयाँ अध्ययनले पत्ता लगाएको छ । 

मुसा र मानव दुवैमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले पाकेको खानेकुरा खाँदा शरीरको ब्याक्टेरिया परिवर्तन मात्र हुने नभई ती सूक्ष्म जीवाणुका जिन अन हुन्छन् कि अफ हुन्छन् भनी हेरेका थिए । 


ADVERTISEMENT

पकाइएको खानेकुराले आँतको स्वास्थ्यलाई प्रवर्द्धन गर्छ भने काँचै खाँदा ती खानेकुरामा भएका तत्त्वले सूक्ष्म जीवाणुलाई मारिदिन्छन् । अर्थात् आन्द्रामा भएका थुप्रै ब्याक्टेरियाहरू नष्ट हुन्छन् । 

अनुसन्धान टोलीको नेतृत्व क्यालिफोर्निया विश्वविद्यालयले लिएको थियो । उसले जनाएअनुसार, यी निष्कर्षहरूले हाम्रो शरीरमा कुन खानेकुराले सबभन्दा हितकारी ब्याक्टेरिया जन्माउँछन् अनि प्राचीन मानवहरूले कसरी खाना पकाउन सिके भन्ने कुरा थाहा हुन्छ ।

‘हाम्रो प्रयोगशाला र अन्यले पनि शाकाहारी वा मांसाहारी विभिन्न किसिमका खानेकुराले सूक्ष्म जीवाणुलाई कसरी असर पार्छन् भन्ने कुरा अध्ययन गरेका छन्,’ वरिष्ठ अध्येता डा पिटर टर्नबाउले बताए । 

‘पाकेको खानेकुरा आफैंले आँतमा रहेका सूक्ष्म जीवाणुलाई कसरी परिवर्तन गर्छ भन्ने विषयमा कसैले पनि अध्ययन नगरेको थाहा पाउँदा हामी आश्चर्यचकित भयौं,’ उनले भने । 

एजेन्सी
 

असोज १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस