×

NMB BANK
NIC ASIA

पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड हुने

असोज १४, २०७६

NTC
Premier Steels

काठमाडौं –पोखरामा आगामी असोज २९ गते अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

Muktinath Bank

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियशन(केएमइए)को आयोजनामा हुने प्रतियोगितामा दुबै देशका गरी करीब ३० टिम सहभागी हुने मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वशङ्कर पालिखेले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो प्रतियोगितामा चीनबाट सहभागी हुने १० टिमका लागि ३० खेलाडी र अन्य पदाधिकारी गरी ६० जना आउने बताइन्छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी १० तथा पोखराबाट १० टिमको सहभागिता रहनेछ । 


Advertisment
Nabil box
Kumari

यहाँका पर्यटकीय सम्भावनाबारे विश्वलाई जानकारी गराई पर्यटकको बसाइँ लम्बाउने तथा साहसिक पर्यटनको पर्याय नेपाल हो भन्ने बारेमा प्रचारप्रसार गर्नेे उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिखेले बताए।  

Vianet communication

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरू हुनेछ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ र  एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको उहाँको भनाइ छ । दौडका क्रममा धावक एक हजार ३०० मिटर उचाइको  मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्ने बताइन्छ ।  

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र मेडल प्रदान गरिने तथा चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् ।  

कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ  प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ । 

कार्यक्रमले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९, नेपाल भ्रमण वर्ष तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन मद्दत पुग्ने र पर्यटकको बसाइँ लब्याउन सहयोगी हुने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x