कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौं– अनुमगनका क्रममा पसल बन्द गरेर भागेका गोंगबुका पसलेहरूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएर जरिवाना तिर्न थालेका छन् ।
गत १२ असोजमा विभागले अनुगमन गर्ने क्रममा अनुगमन टोलीलाई असहयोग गर्ने तथा भाग्ने गोंगबुको बीजी मलका पसेलहरू अन्ततः विभागमा आएर जरिवाना तिर्न थालेका हुन् ।
बिहीवारसम्म विभागमा आएर ९ वटा पसलले जरिवाना तिरिसकेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।
विभागका अनुसार बीजी मलको एबी फेसन, सुलु गियर, पवित्रा फेन्सिकोज, द फेन्स बकेट, ढोर पाटन स्पोकु लगायतका पसलेले जरिवाना तिरेर पसल सुचारू गरेका छन् ।
त्यस्तै मनकामना इलेक्ट्रोनिक्स, मंगोलियान ब्रोटर, फेसन ब्लास्ट, सूर्यबहादुर हमाल स्टोर र बोइज हाउसले पनि विभागमा आएर जरिवाना तिरेको विभागले जनाएको छ ।
२४ घण्टे म्याद दिइएका व्यापारीहरूले विभागमा आएर जरिवाना तिरिसकेका विभागका अनुगमन निर्देशक शोभाकर रेग्मीले जानकारी दिए ।
केही व्यापारीलाई ७ दिने म्याद पनि दिइएको र तिनीहरू अझैसम्म नआएकाले ताकेता गरिने विभागले जनाएको छ ।
७ दिने म्याद पाउनेहरूमा बीएण्ड ब्वाइ र एस टाइटन आर इन्टरनेसनल तथा बी एण्ड डी फेन्सी सूज स्टोर रहेका छन् ।
बी एण्ड सी फेन्सी सुज स्टोरलाई तत्काल जरिवाना तोकिएपनि तिरेको भौचर लिएर विभागमा उपस्थित नभएकाले उक्त पसलको कारोवार फुकुवा नभएको विभागले जानकारी दिएको छ ।
गत १२ असोजमा विभागले ४ वटा अनुमगन टोली बनाएर गोंगुबस्थित बिजी मलमा अनुगमनका लागि पठाएको थियो । अनुमगन टोलीले बी एण्ड डी फेन्सी सूज सेन्टरलाई बिक्री बिल विजक नदेखाएको भन्दै २ लाख रूपैयाँ जरिवाना तोकेको थियो ।
बी एण्ड डीलाई जरिवाना तोक्ने बित्तिकै त्यहाँका अन्य पसलेहरू पसल बन्द गरेर भागेका थिए । भागेपछि विभागले विभागमा उपस्थित भएर जरिवाना तिर्न निर्देशन दिँदै ७ दिने र २४ घण्टे म्याद दिएको थियो । अनुगमनका क्रममा पसलहरू बन्द गरेर भाग्ने पसलहरूलाई विभागले अनुगमनमा असहयोग कसूरमा २०/२० हजार रूपैयाँका दरले जरिवाना गरिरहेको छ ।
यसअघि विभागले काठमाडौं दरबार मार्गका पसलहरूमा अनुगमन थाल्दा त्यहाँका पसलेहरू पनि भागेका थिए । तिनीहरू पनि विभागमा आएर जरिवाना तिरिरहेका विभागले जानकारी दिएको छ ।
विभागले पछिल्लो समय दशैंलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा अनुमगनलाई तीव्रता दिएको छ । असोजलागेयता विभागले १ सय ५५ वटा पसलमा अनुमगन गरेको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...