कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
लन्डन – इमलेन बेग्लीयुरोपेली फुटबलले सातौं सिजन छुँदा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एकआपसमा आफ्नो क्लबका लागि तीन गोल मात्र गरेका छन् ।
मेसी र रोनाल्डोको जोडी त्यही हो, जसले पछिल्लो एक दशकको विश्व फुटबलमा एकछत्र राज गरेको छ । उनीहरूले एक आपसमा १ हजार ३ सय ६९ गोल गरेका छन् ।
अनि एकआपसमा १० पल्ट बेलन डे’अर जितेका छन् । त्यति मात्र होइन, उनीहरूले संयुक्त रूपमा नौ पल्ट च्याम्पियन्स लिग पनि जितेका छन् ।
मेसी अहिले ३२ वर्षका भए र उनले बार्सिलोनाका लागि पहिले जस्तो खेल्न सकिरहेका छैनन् । यसका प्रमुख कारण उनले बोकिरहेको धेरै थरीको चोट नै हो । अनि युभेन्ट्सका पोर्चुगाली स्टार ३४ वर्षका भए । अचेल उनी पनि सर्वाधिक गोलकर्ताको उपाधिका लागि प्रत्यासी हुन छाडेका छन् । के यो सबैले देखाउँछ त, विश्वफुटबलमा मेसी र रोनाल्डोको युग सकिँदै छ भनेर ? के विश्वकप फुटबलमा उनीहरूले कायम गरेको आधित्प अब पातलिँदै छ त ?
सकिँदै चमत्कारी
केही पनि स्थायी हुन्न । सन् २००५–०६ यता मेसी र रोनाल्डोले एक आपसमा मिलाएर पनि सबैभन्दा कम गोल गरेका छन्, सेप्टेम्बर ३० सम्मलाई आधार मान्दा । गत सिजन ११ वर्षयता पहिलो पल्ट उनीहरूले बेलन डे’अर पनि जित्न सकेनन् । भलै मेसीको भागमा पर्यो, फिफा वर्ष खेलाडीको उपाधि । सन् २०१०–११ यता मेसीले सबै खाले प्रतियोगितामा ४ सय ७६ खेल खेलेका छन् । युरोपका प्रमुख पाँच लिगमा कसैले पनि यति धेरै खेले खेलेका छैनन् ।
यो मामिलामा रोनाल्डो तेस्रोमा पर्छ, ४ सय ५२ खेलसहित । तर यही मेसीले यसपल्टका सिजनका सात ला लिगा खेलमा सबै जोडेर जम्माजम्मी ९० मिनेट मात्र खेलेका छन् । उनलाई चोटले खुबै सताइरहेको छ । इन्टर मिलानविरुद्ध युरोपेली च्याम्पियन्स लिग खेलमा भने उनी फर्के । मेसीलाई आफ्नो पूरा खेल जीवनमा चोटले बारम्बार सताएको छ । उनीले केवल एकै सिजन मात्र यस्तो बिताएका छन्, जसमा चोटको समस्या रहेन् ।
अब मेसी लिगमा सबै बाँकी ३१ खेल खेल्ने हो भने उनले सन् २०१३–१४ यता सबैभन्दा कम लि खेल खेल्नेछन् । अबको केही लिग खेल गुमाउने हो भने उनले सन् २००७–०८ यता पहिलो पल्ट सबैभन्दा कम खेल्नेछन्, लिगमा । यी सबैका बावजुत पनि गत सिजन उनका लागि राम्रै रह्यो, उनले ५० खेलमा ५१ गोल गरे । त्यसैले पनि उनले फिफाको उत्कृष्ट अवार्ड पाएका हुन् । तर १ सय २० मिनेटमा अहिलेसम्म कुनै गोल गर्न नसक्नु चिन्ताको विषय भने हुन सक्छ, मेसीका समर्थकका लागि ।
गत सिजन रोनाल्डोले पनि चोटका कारण धेरै खेल्न सकेनन् र यो सन् २०१४–१५ यता सबैभन्दा कम रह्यो । गोलको संख्यामा पनि उनी गत सिजन धेरै पछाडि परे । त्यस सिजन उनले ४३ खेलमा २८ गोल गरे । अरू खेलाडीको प्रसङ्ग थियो भने पनि यो उत्कृष्ट मानिन्थ्यो, तर रोनाल्डो जत्तिको खेलाडीका लागि यो पक्कै पर्याप्त होइन । तर यो पनि उनले म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड आएयता सबैभन्दा कम हो ।
फेरि सन् २०११–१२ यता पहिलो पल्ट मेसी अथवा रोनाल्डोमध्ये कसैले पनि युरोपेली च्याम्पियन्स लिग जित्न सकेन् । गत सिजनको सिरी ए मा उनले सर्वाधिक गोल गर्ने सूचीको चौथो स्थानमा रहे । उनको अगाडि रहे, साम्पडोरियाका फाबियो क्वागिरेला । तर रोनाल्डोको खेलमा कमी आउन थालेपनि विश्वास गर्न सकिन्छ, उनले अझै धेरै गोल गरेका छन् । यसको राम्रो उदाहरण त उनले पोर्चुगल र युभेन्ट्सका लागि खेलका पछिल्ला खेलमा देखाइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...