×

NMB BANK
NIC ASIA

महरा पक्राउपछि पूर्व माओवादी नेताको टिप्पणी– सम्पत्ति, यौन र सत्ताबारे दृष्टिकोणकै समीक्षा जरुरी

असोज २०, २०७६

NTC
Premier Steels

काठमाडौं– माओवादीको सशस्त्र जनयुद्ध लडेका प्रभावशाली नेता एवं निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्राउले पूर्व माओवादी वृत्तमा हलचल ल्याइदिएको छ ।

Muktinath Bank

संसद् सचिवालयमा कार्यतर महिलामाथि जबरजस्तीको प्रयास गरेको आरोपमा महरालाई आइतवार प्रहरीले नियन्णत्रमा लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी आन्दोलनमा लागेका शीर्ष तहका नेता एवं पटक–पटक सत्तामा पुगेका महरा पक्राउप्रति पूर्व माओवादीका मध्यम तहका नेता र कार्यकर्ताले सामाजिक सञ्जालमार्फत क्रिया/प्रतिक्रिया जनाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेकपा स्थायी समिति सदस्य एवं पूर्व माओवादी नेता मणि थापाले महरा गिरफ्तारीको समस्या व्यक्तिमा खोज्ने भन्दापनि परिवार, निजी सम्पत्ति, यौन र सत्तालाई बुझ्ने दृष्टिकोणकै समीक्षा जरुरी रहेको टिप्पणी गरेका छन् । 

Vianet communication

‘क्षति ठूलो भयो, तर यसलाई व्यक्तिमा मात्र खोजिनुहुँदैन । मुख्यतः परिवार, निजी सम्पत्ति, यौन र सत्तालाई बुझ्ने हाम्रो दृष्टिकोणकै समीक्षा हुनु जरुरी छ,’ थापाले आइतवार अबेर सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

महरा सञ्चार मन्त्री रहेको समयमा उनका प्रेस सल्लाहकार समेत रहेका विश्लेषक नरेन्द्रजंग पिटरले महरा पक्राउअघि नै सामाजिक सञ्जालमा स्टाटस लेख्दै महराले अक्षम्य गल्ती गरेकाले उनको सती जान नपर्ने टिप्पणी गरेका थिए ।

‘महराले अक्षम्य गल्ती गरे, त्यस्को परिणाम उनै भोग्दैछन्, कोही सती जानै पर्दैन । तर, उनलाई त्यस्ले मात्र आक्रमण गरोस् जस्का मन, मस्तिक, सोच कल्पना र अभ्यासमा कहिल्यै पनि यौन बिचलन भने नहोस ।

शिशा घरवालाले अर्काको घरमा भने कहिल्यै ढुंगा हान्दैन । हे, ब्रमाचार्यज्यू, साध्वीज्यू हेक्का राख्नुस्,’ उनले लेखेका छन् । 

महरा प्रकरणमा समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले महरालाई खुला पत्र लेखेरै कारवाहीको भागीदार बन्नुपर्ने बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x