कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – सिरियामा अमेरिकाको सैन्य नीतिमा आएको परिवर्तनले उक्त क्षेत्र डामाडोल हुने बताइएको छ । अमेरिकाले उत्तरपूर्वी सिरियाबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने निर्णय लिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको यो निर्णय पेन्टागनका अधिकारीहरूले सोचेको भन्दा फरक छ । अधिकारीहरू उत्तरपूर्वी सिरियामा अमेरिकी सेना सानो संख्यामा भए पनि रहिरहून् भनी चाहन्थे । उक्त क्षे त्रमा इस्लामिक स्टेटविरुद्धको अभियान अन्त्य नहोस् भन्ने पेन्टागनको चाहना छ ।
अमेरिकाको पछिल्लो कदमबाट सिरियामा रुस र इरानको प्रभाव बढ्ने बताइएको छ । उक्त इलाकामा अमेरिकाले कुर्दहरूसँग मिलेर आईएसविरुद्ध अभियान चलाइरहेको छ ।
उता टर्की चाहिँ कुर्दहरूलाई आतंकवादी बताउँछ । अमेरिकाले कुर्दहरूलाई सहयोग नगरोस् भन्ने टर्कीको लामो समयदेखिको चाहना थियो ।
कुर्दिश लडाकूहरू सिरियाली डेमोक्रेटिक फोर्सेस अर्थात् एसडीएफका अंग हुन् । यो समूह सिरियामा आईएसविरुद्ध अमेरिकाको सबभन्दा विश्वसनीय साथी हो ।
राष्ट्रपति ट्रम्पले टर्कीका राष्ट्रपति रेचेप तैयब अर्दोआनसँग सीधा कुरा गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ । टर्कीले कुर्दहरूका विरुद्ध सैन्य कारवाही चलाउनेछ तर त्यसको दायरा कति ठूलो हुने हो भन्ने स्पष्ट छैन ।
टर्कीको सेना अमेरिका समर्थित कुर्दहरूसँग भिडेमा उक्त इलाका डामाडोल हुन्छ ।
गत वर्षको डिसेम्बर महिनामा ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए तर देशभित्र निकै विरोध भएपछि उनी पछि हट्नुपरेको थियो । ट्रम्पको उक्त निर्णयबाट युरोपेली सहयोगीहरू पनि सन्तुष्ट थिएनन् ।
वाशिङटन इन्स्टिच्युटमा टर्किश रिसर्च प्रोग्रामका निर्देशक सोनेर क्यागप्टेले द न्युयोर्क टाइम्ससँग कुरा गर्दै अमेरिकाको विरोध नभएपछि टर्कीले उत्तरी सिरियामा आक्रमण गरेर कुर्दिश नियन्त्रणको सिरियाली क्षेत्रमा उपस्थिति जनाउने बताएका छन् । अर्दोआनले हजारौं सिरियाली शरणार्थीलाई त्यहाँ पठाउन सक्ने र सिरियामा आफ्नो पनि दखल हुने दाबी गर्ने उनी बताउँछन् । यो महत्त्वपूर्ण प्रगति हो ।
यसैको आडमा टर्कीले उक्त क्षेत्रमा रहेका कुर्द लडाकूहरूमाथि आक्रमण गर्न सक्ने आशंका पनि गरिएको छ । टर्कीले यसो गरेमा उसको अर्थतन्त्र ध्वस्त गरिदिने ट्रम्पले धम्की दिएका छन् ।
ट्रम्पले टर्कीको सेनालाई सिरियासँग जोडिएको सीमामा लिमिटेड अपरेसनको अनुमति दिएको ह्वाइट हाउसले बताएको छ । टर्कीको यस कारवाहीमा अमेरिका समर्थित कुर्दहरू नपर्ने अमेरिकाको भनाइ छ । सिरियाली विशेषज्ञहरू चाहिँ ह्वाइट हाउसको यस निर्णयको आलोचना गरिरहेका छन् ।
उनीहरूका अनुसार, अमेरिकाले कुर्दहरूलाई त्यत्तिकै छोडिदिँदा आठ वर्षदेखि जारी सिरियाली संकटको दायरा झनै बढ्नेछ । कुर्दहरू सिरियाली राष्ट्रपति बशर अल असदलाई साथ दिन आउन सक्ने सम्भावना रहन्छ । असदको सेना टर्कीसँग लड्नका लागि तयार छ ।
अमेरिकाको सैन्यफिर्ती घोषणा एसडीएफका लागि आश्चर्यको विषय हो । एसडीएफले एक बयान जारी गरेर अमेरिकाको यस निर्णयबाट आईएसविरुद्धको लडाईं र शान्तिमा झड्का पुग्ने उसको भनाइ छ ।
अर्दोआन टर्की–सिरिया सीमामा ३०० माइलसम्म सेफ जोन मागिरहेका छन् । उनी उक्त इलाका १० लाख सिरियाली शरणार्थीहरूका लागि चाहन्छन् ।
ती शरणार्थीहरू अहिले पनि टर्कीमा छन् । यसका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त नभएमा उनले शरणार्थीहरू युरोप पठाउने बताएका छन् । अर्दोआन अब सिरियाली शरणार्थी फर्किऊन् भन्ने आशा गर्छन् ।
अगस्ट महिनाको आरम्भदेखि अमेरिकी र टर्किश सेनाले मिल्र काम गरिरहेका छन् । उनीहरू ३०० माइल लामो सीमाक्षेत्रको ७५ माइल क्षेत्रमा संयुक्त गश्ती गरिरहेका थिए ।
अमेरिका समर्थित कुर्द बल निकै माइल पछिल्तिर धकेलिए र आफ्नो किल्लालाई पनि नष्ट गरे । अर्दोआनका लागि यो प्रगति पनि कमै हो । अघिल्लो साता उनले सीमाक्षेत्रहरूमा टर्कीले आक्रमण गर्न सक्ने संकेत दिएका थिए ।
द न्युयोर्क टाइम्सका अनुसार, उत्तरी सिरियामा अमेरिकाको एक हजार सैनिक छन् र ६० हजार कुर्द लडाकू छन् ।
अमेरिका सिरियाबाट बाहिरिएपछि फेरि आउन नसक्ने विशेषज्ञहरूको मत छ । टर्की नेटोको प्रभावशाली सदस्य देश हो तर कुर्दहरू आईएसविरुद्ध अमेरिकी लडाईंका पार्टनर हुन् ।
कुनै समयमा ओट्टोमान साम्राज्यको केन्द्रमा रहेको टर्कीमा २० प्रतिशत जनसंख्या कुर्द छन् । कुर्द संगठनहरूले आफ्नो सांस्कृतिक पहिचानलाई टर्कीले दबाइरहेको आरोप लगाउँछन् । केही संगठन सन् १९८० को दशकदेखि नै छापामार संघर्ष गरिरहेका छन् ।
अमेरिकाको डेलावेर विश्वविद्यालयका प्राध्यापक मुक्तदर खान यस विषयलाई बुझ्न इतिहासतिर फर्कनुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘टर्कीमा दुईवटा नश्लीय पहिचान छन् : टर्किश र कुर्दिश । कुर्द जनसंख्या लगभग २० प्रतिशत छ । पहिला उनीहरू सांस्कृतिक स्वतन्त्रता मागिरहेका थिए तर अहिले स्वतन्त्रता मागिरहेका छन् । उनीहरू कुर्दिस्तान बनाउन चाहन्छन् ।’
पश्चिम एसियाको नक्शा हेर्दा टर्कीको दक्षिणपूर्व, सिरियाको उत्तरपूर्व, इराकको उत्तरपश्चिम र इरानको उत्तरपश्चिममा कुर्दहरू बस्छन् ।
कुर्दहरू सुन्नी मुसलमान हुन् तर उनीहरूको भाषा र संस्कृति फरक छ । प्राध्यापक खानका अनुसार, कुर्दहरू संयुक्त राष्ट्रसंघको आत्मनिर्णय अधिकारका आधारमा उनीहरूलाई बेग्लै कुर्दिस्तान बनाउने हक छ ।
सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेदेखि नै उत्तरी इराकमा कुर्दिस्तान लगभग स्वतन्त्र राष्ट्र झैं छ ।
खान भन्छन्, ‘कुर्दहरूको एक राष्ट्र लगभग बनेको कुराले टर्की डराएको छ । त्यसमाथि कुर्द लडाकूहरूले आईएसविरुद्ध लड्नका लागि अमेरिकाबाट हतियार पाएका छन् । उनीहरू शक्तिशाली बनेर सिरियामा आईएसबाट जितेको भागलाई इराकको कुर्दिस्तानसँग जोडेर कुर्द राष्ट्र बनाउन सक्छन् । त्यसो भएछ भने टर्कीका लागि खतरा हुनेछ ।’
टर्कीका लागि यो पहिलेदेखि नै चिन्ताको विषय हो । शुरूमा आईएसविरुद्ध अमेरिकाले कुर्दहरूको सहयोग लिन खोज्दा टर्कीले त्यसको विरोध गरेको थियो । अमेरिकाले सिरियाबाट सेना हटाएमा टर्कीले सैन्य कारवाही चलाएर कुर्द इलाका ध्वस्त पार्नेछ र उनीहरूको अधीनमा रहेको जमीन खोस्नेछ ।
बीबीसी हिन्दीबाट
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...