×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको सम्वोधन

राष्ट्रपति शीको प्रतिबद्धता : ‘नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्नेछौं’

असोज २५, २०७६

NTC
Premier Steels

काठमाडौं–चिनियाँ राष्ट्रपति शी चिनफिङले नेपालको विकासका लागि रणनीतिक साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

Muktinath Bank

उनले नेपाललाई भूपरिवेष्टीत राष्ट्रबाट भूजडित राष्ट्र बनाउन मद्दत गर्ने आश्वासन दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति शीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछ विश्वास व्यक्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ भाषामा सम्बोधन गरिएको र अनुवाद गरिएको सम्बोधनका क्रममा राष्ट्रपतिले शरद ऋतुमा फूल फुलेको, कान्तिपुर नगरीमा आफ्नो पहिलो भ्रमण रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘नेपालको राजनीतिक स्थायित्व, सदभाव र खुसी देख्दा हर्ष लागेको छ,’ शीले भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’

Vianet communication

राष्ट्रपति शीले चीन नेपाल दौत्य सम्बन्ध मैत्रीपूर्ण नमूना भएको बताए । ‘चीन र नेपालको बीचमा केही समस्या छैन मित्रता मात्र छ’ उनले भने । उनले अगाडि थपे, ‘दुवै पक्षले सहकार्य गरेर, विकास र समृद्धितर्फ अघि बढ्ने र रणनीतिक साझेदारी गर्ने निर्णय गरेका छौं ।’

राष्ट्रपति शीले नेपालसँग सीमापार रेल्वे विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मलाइ आशा छ, अझ सुविधाजनक कनेक्टिभिटी संजाल निर्माण हुनेछ । हामीले चीन नेपाल सीमापार नेपाल सम्भाव्यता गनेएछौ, अरनिको राजमार्गको स्तरोन्नती गर्नेछौ । केरुङ-काठमाडौं सडकको सुरुङ मार्ग बनाउनेछौ ।’

राष्ट्रपति शीले दुई देशबीचको समझदारी बढ्ने विश्वास व्यक्त गरे ।

‘सन् २०२० को भ्रमण वर्षको अवसरमा हामीले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आउन प्रेरित गर्नेछौ,’ राष्ट्रपति शीले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘दुई देशका बढी भन्दा बढी शहरलाई भगिनी शहर बनाउन प्रेरित गर्नेछौं, जसबाट दुई देशका मित्रता अंकुरन होस् ।’

राष्ट्रपति शीले दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्ने विश्वास व्यक्त गरे । ‘मलाइ धेरै खुसी लागेको छ, भ्रमणको क्रममा नेपालसँग मिलेर चीन-नेपालबीच नयाँ खाका बनाउन सकेकोमा खुसी छु । भोलि प्रधामनन्त्रीसँग द्विपक्षीय चासो र बारेमा छलफल गर्नेछौ,’ शीले भने ।

राष्ट्रपति शीले आफूहरू मिलेर  बनाएका योजना पूरा गरेरै छाड्ने प्रतिबद्धताको व्यक्त गरे । ‘संयुक्त प्रयासद्वारा दिपक्षीय सम्बन्धको नयाँ परिभाषा स्थापित गरौँ,’ उनले भने, ‘नेपालको समृद्धि र चीन नेपालको सम्बन्ध पुस्तौ पुस्ताको लागि स्थापित गरौँ, यहाँ उपस्थित सबैको सुस्वास्थ्यको कामना गर्दछु, चियर्स !’ ।

राष्ट्रपति शीभन्दा पहिला सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले नेपाली जनता नेपाल र चीन रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x