कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
असोज ३०, २०७६
काठमाडौं – सिरियामा गृहयुद्ध शुरू भएदेखि अहिलेसम्म सिरियाली सुरक्षाबलहरूले यातना दिएर १४ हजार मानिसको हत्या गरेको एक प्रतिवेदनमा दाबी गरिएको छ । यातना दिनका लागि झुण्ड्याइने, आँखा निकालिने र बलात्कार गरिने लगायतका काम गरिएका छन् ।
राष्ट्रपति बशिर अल–असदको सत्ताले ७२ किसिमका यातना दिने गरेको त्यसले गर्दा १७३ बालबालिका तथा ४५ महिलाको मृत्यु भएको एक नयाँ अध्ययनले देखाएको छ ।
सिरियन नेटवर्क फर ह्युमन राइट्सले तयार पारेको २५ पाना लामो दस्तावेजमा सिरियाली सत्ताले चलाएको थुनाकेन्द्र र सेनाले चलाएको अस्पतालमा सुनियोजित तथा व्यापक यातना दिने गरिएको उल्लेख छ ।
सन् २०११ को मार्च महिनादेखि यस वर्षको सेप्टेम्बर महिनासम्म सिरियामा यातनाका कारण कम्तीमा १४ हजार २९८ जना मारिएको उल्लेख छ ।
इस्लामिक स्टेटले यातना दिएर ५७ जनाको हत्या गरेको अनि सशस्त्र विपक्षीहरूले ४३ जनालाई मारेको प्रतिवेदनमा उल्लेख छ ।
सिरियन डेमोक्रेटिक फोर्सेसले आफ्नो नियन्त्रणमा रहेका ४३ जनाको हत्या गरेको पाइयो भने अन्य थप २० जना मृतकलाई कसले मारेको हो थाहा नभएको भेटियो ।
यातनाका लागि ७२ वटा तरिका अपनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पीडितको पेट र ढाडमा बेस्सरी उमालिएको पानी खन्याउने, पीडितलाई पानीमा डुबाउने र सास रोकिदिने लगायत काम भएका छन् ।
यातना दिनका लागि विद्युत् समेत उपयोग गरिएको छ । बिजुलीको रडले थुनुवाको पेट वा गुप्तांगमा झड्का दिने गरिएको छ ।
अन्यलाई क्रुसिफिक्सन भनिने विधि अपनाइएको थियो जसमा पीडितका हात र गोडालाई एउटा क्रसमा बाँधेर गुप्तांग वरिपरि कुटपिट गरिने गरिएको थियो ।
पुरुष र महिला दुवैलाई पूरै नांगिन बाध्य बनाएर एकअर्कालाई बलात्कार गर्न लगाइएको समेत पाइएको छ ।
यातनाको तरिकामा टाउको ठोकाइदिने, दाँत फुटाइदिने अनि आँखा निकालिने काम पनि गरिएको अभिलेखीकरण गरिएको थियो । हाँगाबिँगा छिमल्ने हतियारले गुप्तांग काटेको घटना पनि प्रतिवेदनमा अभिलेखीकरण गरिएको छ ।
एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...