फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
काठमाडौं – भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्म ल्याइएको पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने प्रारम्भिक सर्वेक्षण सम्पन्न भएको छ ।
नेपाल आयल निगमले जनाएअनुसार यसको कुल लम्बाइ ६७ किलोमिटर छ । सो सर्वेक्षण इन्डियन आयल कर्पोरेसनले गरेको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अमलेखगन्जदेखि लोथरसम्मको करिब ६७ किलोमिटर दूरीको यो प्रारम्भिक सर्वेक्षण हो । उनले भने, 'केसन गरी पार्ट पार्ट छुट्ट्याइएको छ । सर्वे सम्पन्न भयो अब आयोजनाको डीपीआर निर्माणलगायतका काम अघि बढ्नेछन् ।'
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट डिजेल ल्याउन थालिएपछि चुहावट शून्य भएको छ । भारतबाट अमलेखगन्जसम्मको दूरीमा ढुवानीका क्रममा हुने चुहावट तथा नोक्सानी शून्यमा झरेको निगमले जनाएको छ । ट्याङ्करबाट ढुवानी गर्दा तापक्रम तथा प्राविधिक नोक्सानी हुँदै आएको थियो ।
प्रवक्ता गोइतले भने, 'अमलेखगन्जसम्मको ढुवानीमा कुनै समस्या छैन । पाइपबाट डिजेल आइरहेको छ । कुनै नोक्सानी छैन, जति पठाएको हो त्यति आउँछ । प्राविधिक नोक्सानीसमेत भएको छैन, ढुवानीमा हुने झन्झट, जाम, समयको बर्बादी यी सबै कुराबाट मुक्त भएका छौँ ।' पाइपलाइनबाट डिजेल ल्याउन सुरु भएको एक महिना पूरा भइसकेको छ ।
पाइपलाइन सञ्चालन भएपछि नोक्सानी शून्य मात्र भएको छैन, ढुवानीबापतको मोटो रकम निगमले बचत गरिरहेको छ । वार्षिक एक अर्ब रुपियाँ बचत हुने प्रवक्ता गोइतको भनाइ छ । पाइपलाइनलाई तराई मधेस द्रुतमार्ग हुँदै काठमाडौंसम्म विस्तारको योजना रहेको उनले जानकारी दिए।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइपलाइनको लम्बाइ ६९.५ किलोमिटर छ । यसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्छ । अमलेखगन्ज डिपोमा पाइपबाट आएको तेल भण्डारण गर्न ४१ लाख किलोलिटरका दुई र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएका छन् ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...