मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
काठमाडौं – सर्वोच्च अदालतले लिडसम्बन्धी मापदण्ड पालना गर्न आदेश दिए पनि पेन्ट्स उद्योग त्यसअनुरुप चलेका छैनन्। झन्डै दुई वर्षअघि सर्वाेच्चले उक्त आदेश दिएको थियो।
सरकारले राजपत्रमार्फत लिडको अधिकतम मात्रा ९० पीपीएम हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश उल्लेख गर्नुपर्ने मापदण्ड लागू गरेको थियो। बर्जर पेन्ट्सलगायत अधिकांशले यसको पालना गरेका छैनन्।
पेन्ट्स उद्योग जिम्मेवार नभएको वातावरण विभागका वरिष्ठ वातावरण निरीक्षक भूपेन्द्र शर्मा बताउँछन्। ‘बट्टामा लिडको मात्रा लेखेको पाइँदैन। सावधानी उपाय लेखेको हुँदैन’, उनी भन्छन्, ‘लिड थोरै भए पनि मानव स्वास्थ्य र वातावरणमा असर पुग्छ।’ मापदण्डको अनुगमन गर्न नसकिएको उनी स्वीकार गर्छन्। उनले गह्रौं धातु प्रयोगमा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार लिड जनस्वास्थ्यमा असर पुर्याउने प्रमुख १२ घातक रसायनमध्ये प्रमुख हो। लिडको थोरै मात्राले पनि असर गर्ने भएकाले प्रयोग नै गर्न नहुने उनी बताउँछन्। उनका अनुसार बच्चाको स्नायुदेखि पुरुषको शुक्रकीट घटाएर नपुंशक बनाउने गर्छ। यसले मिर्गौलामा असर गर्छ। महिलामा लिडले बच्चा खेर जानेसम्मको समस्या हुन्छ। नेपालमा ६५ प्रतिशत बालबालिका लिडको उच्च जोखिममा रहेकाले प्रतिबन्ध लगाउनुपर्ने उनी बताउँछन्।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यसले शारीरिक, मानसिक तथा बौद्धिक विकासमा अवरोध पुर्याउँछ। यसको असरबाट बर्सेनि ५ लाख ४० हजार जनाको ज्यान जानेको तथ्यांक छ। १३९ करोड व्यक्ति शारीरिक रुपमा अशक्तता भएर जीवन बिताइरहेका छन्। ८५७ करोड बालबालिका प्रभावित छन्।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका वैज्ञानिक रामचरित्र साह पेन्ट्समा लिडको मापदण्ड पूर्ण परिपालना आवश्यक रहेको बताउँछन्। ‘लिड छ/छैन भन्ने जानकारी पाइँदैन’, उनी भन्छन्। केन्द्रले २०७४ र २०७५ मा २७ उद्योगका ५६ वटा इनामेल पेन्ट्समा मापदण्ड परिपालनाको अवस्था अनुगमन गरेको थियो। ४० प्रतिशतले मापदण्ड पालना गरेका छैनन्। अझै ७५ हजार ४९ पीपीएम अर्थात् मापदण्डभन्दा ८३३ गुणा बढी लिड पाइएको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना मापदण्ड पालना नगर्ने पेन्ट्स प्रयोग गर्न नहुने बताउँछन्। पेन्टर र कामदार सबैभन्दा जोखिममा रहेको उपभोक्ता संरक्षण मञ्चका गोविन्द सुवेदी बताउँछन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल उद्योगी व्यवसायी जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँछन्।
फेसन पेन्ट्सका निर्देशक शंकर बञ्जाडेले मापदण्ड पालना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। लिडयुक्त पेन्ट्समा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएको भन्दै सप्ताहव्यापी अभियान शुरू भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...