पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ला कमिटीले स्थानीय तहका पदाधिकारीको टुङ्गो लगाएको छ ।
जिल्ला कमिटीको आज वीरेन्द्रनगरमा बसेको पूर्ण बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभास्तरीय निर्वाचन क्षेत्रीय कमिटी र नौ स्थानीय तहका अध्यक्ष तथा सचिवहरुको टुङ्गो लगाएको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये पूर्वएमाले पक्षले पाँच तथा पूर्वमाओवादी पक्षले चार तहको प्रमुखको जिम्मा पाएका छन् । जिल्ला कमिटी सचिव कृष्ण जिसीका अनुसार सिम्ता गाउँपालिकामा अध्यक्ष कवीन्द्रकुमार केसी, सचिव झुपबहादुर बुढा, गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री, सचिव मोतिलाल विक, भेरीगङ्गा नगरपालिकामा नरेन्द्र कार्की, सचिव टीकाराम सुवेदी, चिंगाड गाउँपालिकामा अध्यक्ष सम्मर विक, सचिव हर्कबहादुर रानाले जिम्मेवारी दिएका छन् ।
त्यस्तै, लेकवेशी नगरपालिकामा अध्यक्ष टीकाराम सोमै, सचिव मदन गाहा, वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गङ्गाराम तिमिल्सेना, सचिव गणेश वली, वराहताल गाउँपालिकामा ओमबहादुर महतारा, सचिव बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकामा अध्यक्ष मनबहादुर विक, सचिव केशव शाही र चौकुने गाउँपालिकामा अध्यक्ष गङ्गाराम विक, सचिव हरि अधिकारीलाई चयन गरिएको छ ।
बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र संयोजन कमिटीको पनि टुङ्गो लगाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा संयोजक बखतबहादुर खत्री, सहसंयोजक गणेश विक तथा क्षेत्र नं २ मा संयोजक गोविन्द तिमिल्सेना, सहसंयोजक इन्द्र केसीलाई तोकिएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को प्रदेश (क) क्षेत्रमा बाहेक अन्य तीनवटै क्षेत्रमा संयोजक÷सहसंयोजकको तोकिएको छ । प्रदेश (ख) मा संयोजक बोधविक्रम जीसी र सहसंयोजक चयन हुन बाँकी रहेको बताइएको छ । क्षेत्र नं २ प्रदेश (क) मा संयोजक टोपबहादुर रास्कोटी, सहसंयोजक रत्न गाहामगर र प्रदेश (ख) मा संयोजक खड्ग विवश बास्पाने, सहसंयोजक घनश्याम पाण्डेलाई तोकिएको छ । जिल्ला कमिटीले वडास्तरसम्म एकीकरणका कामलाई जतिसक्दो छिटो सम्पन्न गर्न सम्बन्धित निर्वाचन क्षेत्र तथा स्थानीय तहका पदाधिकारीलाई निर्देशन दिएको सचिव जिसीले जानकारी दिनुभयो । नेकपाले सुर्खेतबाहेक कर्णालीका बाँकी जिल्लाहरुमा तिहारअगावै स्थानीय तहको एकिकरण गरिसकेको थियो ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...