माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
प्रश्न : नेपालको संविधानले तपाईं आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपाईंले आफ्नोविरुद्ध बोल्नुभयो भने त्यो तपाईंको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि ?
उत्तर : नेपालको संविधानले आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।
प्रश्न : सो मुद्दाबाहेक तपाईंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन ?
उत्तर : प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन ।
प्रश्न : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ?
उत्तर : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन ।
प्रश्न : तपाईंउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ?
उत्तर : मउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु ।
प्रश्न : तपाईं वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ? तपाईंको को–कोसँग भेटघाट भएको थियो ?
उत्तर : वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारे व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ ।
प्रश्न : अन्य प्रतिवादीहरू मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईंको चिनजान छ छैन ? नाता सम्बन्ध पर्छ–पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् ।
उत्तर : प्रतिवादीमध्ये मोहम्मद महताब आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ ।
प्रश्न : हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नुहुन्छ ? निजहरू तपाईंको चुनाव प्रचारमा थिए ?
उत्तर : उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन ।
प्रश्न : ०६४ को चुनावमा तपाईंको प्रचारमा भारतीय नागरिक पनि समेत थिए–थिएनन् ?
उत्तर : ०६४ को चुनावमा मेरो प्रचारप्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन् ।
प्रश्न : १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको राय के छ ?
उत्तर : ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लिखित व्यहोरा सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् ।
प्रश्न : ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईंको हो ?
उत्तर : बयान सुनेँ । ठीक छ । बयान म आफैँले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो ।
प्रश्न : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयानका बारेमा तपाईंको भनाइ के छ ?
उत्तर : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयान सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् ।
प्रश्न : घटनाको प्रत्यक्षदर्शी सराजुलले झुटा व्यहोरा लेखाउनुपर्ने कारण के छ ?
उत्तर : पटक–पटक सांसद तथा मन्त्री भएको र अहिले सांसद भएको हुँदा मेरो विरोधीहरूले सो कुरा देख्न सकेनन् । त्यसैले फसाएका हुन् । मेरा राजनीतिक पृष्ठभूमि सक्न यसो गरेका हुन् ।
प्रश्न : विस्फोट हुँदा घाइते सफी अहम्मदको घाउजाँच रिपोर्टमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?
उत्तर : वारदात भएको छैन । उनले कहाँ के गरेर घाइते भई कुन–कुन चोट लागी कहाँबाट उपचार गराई घाउँजाँच फराम भराए, मलाई थाहा छैन ।
प्रश्न : राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईंको भनाइ के छ ?
उत्तर : घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे–नलगेको थाहा भएन । नयाँ पत्रिकामा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...