×

NMB BANK
NIC ASIA

काठमाडौं – हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायक मन्त्री एवं व्यापारी रूप ज्योति र उनकी छोरी सुरुचि ज्योतिलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Muktinath Bank

शुक्रवार बिहान ५ दिनको थुनुवा म्याद माग्दै बुवाछोरीलाई अदालतमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुवा रुप ज्योतिलाई बिहीवार र छोरी सुरुचिलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । रूप ज्योतिलाई प्रहरीले बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी सिंगापुरबाट नेपाल फर्किंदै थिए ।


Advertisment
Nabil box
Kumari

आरोपको अनुसन्धानका लागि रूप ज्योतिलाई पक्राउ गर्न सर्वोच्च अदालतले सोमवार बाटो खोलिदिएको थियो । ठगी मुद्दामा निजलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

Vianet communication

२०७० सालताका नेपालको ठूलो व्यवसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलायो । हल्ला चलाउनुअघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । त्यसका लागि ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता भइसकेको थियो । 

कूल १० करोड १० हजार रूपैयाँ बराबरको प्रथम पूँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रूपैयाँको शेयर छ । ज्योति समूहकै अर्को कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाख रूपैयाँको शेयर लगानी छ । 

एकपटक मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बदनाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रूपैयाँको शेयर लगानी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x