×

NMB BANK
NIC ASIA

जुम्लाकोटमा ‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार

कात्तिक २७, २०७६

NTC
Premier Steels

काठमाडौं –एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिस्टका घर झिलिमिली हुन्थे, कांग्रेसका अन्धकार । 

Muktinath Bank

जुम्लाकोटमा सशस्त्र द्वन्द्वकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’सँगै सुरु भयो । तत्कालीन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो । २७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि सञ्चालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिस्ट–कांग्रेस सबैले बाले । दुई वर्षसम्म सबै घर झिलिमिली भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नै नबाल्ने निर्णयसम्म पुग्यो । माओवादी पक्षको सक्रियतामा उनीहरूकै जग्गामा उत्पादित बिजुली भन्दै कांग्रेस पक्षले बहिष्कार गर्‍यो । 


Advertisment
Nabil box
Kumari

‘०६९ सम्म सबैले बालेको हो । तर, माओवादी पक्षधरले मेरा पार्टीले बनाएको बिजुली भन्नेजस्तो व्यवहार देखाए । अनि हाम्रो पार्टीका सबै घरधुरीले बिजुली बाल्ने वातावरण बनेन,’ कांग्रेसबाट विजयी तिला–८ की वडासदस्य रत्ना बस्नेतको आरोप छ । 

Vianet communication

दुई वर्षपछि ०७१ मा सुशील कोइराला नेतृत्वको सरकारसँग लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलविद्युत् आयोजना सञ्चालनको बजेट पारे । ३० लाख बजेटमा पातालामा नौ किलोवाट विद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पनि पुनः बिजुली बल्न थाल्यो । 

कांग्रेसका घरमा बिजुली बल्न थालेको एक वर्ष नपुग्दै फेरि कम्युनिस्टका घर अन्धकार भए । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना बिग्रिनु । ०७४ मा बिग्रिएको आयोजना अहिलेसम्म बनेको छैन । कांग्रेस पक्षले उत्पादन गरेको बिजुली कम्युनिस्ट पक्षधर एक सय ३७ घरमै जोडिएको छैन । ‘विद्युत्गृह निर्माण कांग्रेस पक्षले आफ्नै जग्गामा बनाए, कामदार पनि आफ्नै पार्टीका कार्यकर्ता मात्रै खटाए । हामीलाई कुनै वास्तै गरेनन्,’ नेकपाका धनलाल बस्नेतले भने, ‘सुरुदेखि नै पार्टीगत बनाएपछि हामी गएनौँ । पछि हामीले माग्ने कुरा भएन, उनीहरूले लैजानुस् पनि भनेनन् ।’ उनले बिग्रिएको जुम्लाकोट विद्युत्गृह ३८ लाख लागतमा मर्मत भइरहेको बताए । 

अभिभावकहरू पार्टीगत रूपमा विभाजित हुँदा जुम्लाकोटका बालबालिकामा भने गलत असर परिरहेको छ । जुम्लाकोटको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय ५० बालबालिका पनि जबर्जस्त कांग्रेस र नेकपामा विभाजित बनेका छन् । ‘यो कांग्रेसको बिजुली हो, हाम्रो घरमा छैन,’ १२ वर्षीय मिलन बस्नेतले भने, ‘दियालोको भरमा पढ्नुपरेको छ । हाम्रो बिजुली पनि बनिरहेको छ रे ! त्यसपछि सहज होला ।’ नयाँ पत्रिकामा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x