पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बलेवा – नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर ।
आफैंमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन् २०१९ ले पोखरा आउने पर्यटकलाई गण्डकी प्रदेशका अरु पर्यटकीयस्थलमा पुर्याउने प्रयत्न गर्नेछ ।
‘पोखराको फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ–गाउँमा पुग्छ,’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भने, ‘गाउँमा अथाह सम्भावना छ, हामी पर्यटकलाई गाउँ ल्याएरै छोड्छौं ।’
बाग्लुङको ताराखोलामा भुस पोल्ने मेलामा पुगेका मन्त्री लम्सालले अब नेपाल आउने पर्यटक पोखरामा मात्रै नभई गाउँगाउँमा पुर्याउनुपर्ने बताए । ‘प्रकृति र संस्कृति हेर्न नेपालमा पर्यटक आउँछन्, यसमा हामी धनी छौं,’ लम्सालले भने, ‘हाम्रो संस्कृति गाउँमा छ, कृत्रिम शहरमा पर्यटक अल्झेका छन् ।’
कृत्रिम शहरमा अल्झेका पर्यटकलाई गाउँको प्रकृति र संस्कृतिसँग जोड्न गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालयले भरपुर प्रयास गरिरहेको मन्त्री लम्सासले बताए । ‘पर्यटन क्षेत्रलाई चाहिने ऊर्जा एउटा शर्त हो, अब गाउँमा ऊर्जाको अभाव हुँदैन, घरबासमा चाहिने बिजुली गाउँमै निकाल्छौं, पानीको अभाव भएका ठाउँमा सौर्य ऊर्जा जोड्छौं,’ लम्साल भने, ‘अब हाम्रो आर्थिक समृद्धि गाउँबाटै हुन्छ ।’
ऐतिहासिक महत्त्व बोकेका संस्कृति र सम्पदाको संरक्षणमा गण्डकी सरकार सधैं तत्पर रहेको मन्त्री लम्सालले जिकिर गरे । ‘हाम्रा पाहुना राख्ने ठाउँ घरबास हो,’ लम्सालले भने, ‘उपयुक्त गाउँहरूमा घरबास सञ्चालन गरेर गण्डकीमा घरबासको संख्या ३ सय पुर्याउँछौं ।’
कृषि पर्यटन र संस्कृतिको प्रचारप्रसार नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको मन्त्री लम्सालले बताए ।
अर्गल खेलकूद विकास मञ्चले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले इतिहास र संस्कृति राज्यको सम्पत्ति भएको भन्दै संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह गुरुङ, गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र स्थानीय सूर्य थापा लगायतले बोलेका थिए ।
गुल्मीको धुरकोट, बाग्लुङको ताराखोला र तनहुँको बन्दीपुर नगरपालिकाले मेतेरी सम्बन्ध कायम गरेका छन् । एकअर्काका बीचमा भाइचारा, अनुभव आदानप्रदान र पर्यटनमा सघाउनका लागि ३ पालिकाका बीचमा मितेरी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ३ तिरका ३ पालिकाको मितेरी सम्बन्धले गाउँमा पर्यटक भित्र्याउन सहयोग गर्ने अध्यक्ष घर्तीको विश्वास छ ।
ताराखोला गाउँपालिकाको अर्गलमा भुस पोल्ने पर्व विशेष पर्वका रूपमा मनाइन्छ । भुस पोल्ने पर्वका अवसरमा ताराखोला गाउँपालिकाले मंगलवार सार्वजनिक बिदा दिएको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...