×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन : सीके राउतदेखि विप्लवको पार्टीसम्म चुनावी मैदानमा

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– स्थानीय तहमा मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता भएको छ । एक उपमहानगरपालिकाको मेयर तथा दुई गाउँपालिकाका अध्यक्ष र विभिन्न नगर तथा गाउँपालिकाका वडाध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको हो । 

Muktinath Bank

उम्मेदवारी मनोनयन उत्साहपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूमा राजनीतिक दलका केन्द्रीय तहका नेताहरू समेत उपस्थित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धरानमा त्रिपक्षीय भिडन्त


Advertisment
Nabil box
Kumari

धरान उपमहानगरपालिकाको मेयरका लागि मुख्यतः तीन दलबीच प्रतिष्पर्धा हुने ठानिएको छ । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच प्रतिस्पर्धा देखिएको छ ।

Vianet communication
Laxmi Bank

नेकपाबाट प्रकाश राईले उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधनपछि धरानमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसका तर्फबाट तिलक राई र समाजवादी पार्टीबाट गजेन्द्र इस्बोले उम्मेदवारी दर्ता गराएका छन् । 

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, संघीय लिम्बूवान मञ्च नेपालका अमर इजम र साझा पार्टीबाट राजनकुमार श्रेष्ठ लगायतले उम्मेदवारी दिएका छन् । 

उम्मेवारी दर्ता गर्नका लागि कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार सहितका नेताहरू धरान पुगेका थिए ।

पिपरामा सीके राउतको परीक्षण

प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्षका लागि पाँच दलबीच प्रतिष्पर्धा देखिएको छ । २०६४ सालको निर्वाचनमा राजपाका उम्मेवार विनोद चौधरी विजयी भएका थिए । उनको निधनपछि अहिले त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा राजपाले चौधरीकी पत्नी रविता कुमारीलाई उम्मेदवार बनाएको छ । 

सत्तारुढ नेकपाले पिपरा गाउँपालिकाको अध्यक्ष आफ्नो पक्षमा पारेर तराईमा नेकपाको प्रभाव बढेको देखाउन खोजेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल केही समय पहिले पिपरा पुगेर चुनावी माहोल बनाएका थिए । 

२०६४ सालको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट उपविजेता बनेका विक्रम चौधरी नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् । तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेका रामजानकीप्रसाद यादव समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । 

नेपाली कांग्रेसले विजय यादवलाई उम्मेदवार बनाएको ठाउँमा सीके राउतको जनमत पार्टीले अञ्जुकुमारी मण्डललाई उम्मेदवार बनाएको छ ।

पृथकतावादी आन्दोलन त्यागेर खुला राजनीतिमा अवतरण गरेका सीके राउतको पार्टीको परीक्षणको रूपमा यो निर्वाचनलाई हेरिएको छ । गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी अञ्जुले मधेशमा डा. सीके राउतको क्रेज कायम रहेकाले चुनाव जित्ने दाबी गरेकी छन् ।

विप्लवको पार्टीको सांकेतिक उम्मेदवारी 

उपनिर्वाचन हुने रोल्पाको थवाङ गाउँपालिकाको १ नम्बर वडामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपा समर्थित भद्रकुमार झाँक्रीले वडाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । उनी यसअघि पनि वतन्त्र चुनाव लडेर वडा सदस्य बनेका थिए । 

नेकपाका तफबाट जनकबहादुर बुढा तथा नेपाली कांग्रेसका तर्फबाट कलमबहादुर रोकाले उम्मेदवारी दिएका छन् । २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा थवाङमा न्यून मतदान भएको थियो । 

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तत्कालीन अध्यक्ष खड्ग कटुवालको निधन भएपछि मकालु गाउँपालिकामा निर्वाचन हुन लागेको हो । 

सत्तारुढ नेकपाका तर्फबाट तेजबहादुर पोख्रेलले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट विमन पराजुली तथा संघीय समाजवादी पार्टी नेपालको तर्फबाट नर्वु शेर्पा उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाले पनि उम्मेदवारी दिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x