×

NMB BANK
NIC ASIA

अमेरिकी सहायक रक्षामन्त्री रेन्डलको प्रस्टोक्ति : इन्डो–प्यासिफिक रणनीति चीनविरुद्ध होइन

मंसिर २१, २०७६

NTC
Premier Steels

हिन्द प्रशान्त मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले नेपालमा इन्डो– प्यासिफिक रणनीतिअन्तर्गतका कुनै पनि कार्यक्रम चीनविरुद्ध नभएको बताएका छन् । शुक्रबार बिहान वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल जानुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने सीमित पत्रकारसँग कुरा गर्दै स्क्राइभरले आफ्नो देशको त्यस्तो रणनीति नभएको स्पष्ट पारे ।

Muktinath Bank

‘हाम्रो चीनसँग धेरै इन्गेजमेन्ट छ । केही समयअघि हाम्रा रक्षामन्त्रीको भ्रमणका क्रममा म बेइजिङमा थिएँ र त्यहाँ रक्षामन्त्रीसँग हाम्रो भेटवार्ता भयो,’ स्क्राइभरले भने, ‘कहिलेकाहीँ यस्तो कथ्य हुन्छ कि कुनै नीति वा रणनीति कुनै विशेष देशविरुद्ध हो । हाम्रो रणनीति त्यस्तो होइन । यो नेपाली जनताको छनोटको विषय हो । यो कुनै देशको राजधानी वा देशको छनोट होइन, सिद्धान्त र मान्यताको छनोट हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहायकमन्त्री स्क्राइभरले नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन अमेरिकाले चाहेको समेत बताए । उनले हिन्द प्रशान्त रणनीतिका विभिन्न आयाममा नेपालसँग सुदृढ सहकार्य भइरहेको बताए ।  स्क्राइभरले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भएको बताए । इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यो कार्यक्रम सञ्चालित छ । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१  देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

एसपिपीको वेबसाइटअनुसार अमेरिकाले इन्डो– प्यासिफिक कमान्ड क्षेत्रअन्तर्गतका फिलिपिन्स, थाइल्यान्ड, मंगोलिया, इन्डोनेसिया, बंगलादेश, कम्बोडिया, भियतनाम, टोंगा,  फिजी र मलेसियासँग सहकार्य गर्दै आएको छ । अमेरिकाको नेसनल गार्ड ब्युरोअन्तर्गत सहकार्य हुँदै आएको छ ।

Vianet communication

‘नेपाल सरकारको यसमा अभिरुचि पाएको छु । इन्डो–प्यासिफिक क्षेत्रका धेरै देशसँग हाम्रो स्टेट पार्टनरसिप कार्यक्रम छ । एक दशकयता यो क्षेत्रमा एसपिपी अत्यन्तै सफल भएको छ,’ स्क्राइभरले भने, ‘साझेदार देशहरूसँग हाम्रो सैन्य सम्बन्ध राम्रो छ र आपसी हित प्रवद्र्धन भएको छ । साझेदार देशको रुचिअनुसार हामी सहकार्य गर्छौँ । नेपालसँग हामी यसमा अघि बढ्न सक्छौँ भन्नेमा म विश्वस्त छु ।’  नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x