×

NMB BANK
NIC ASIA

आहा ! लुम्बिनी

झिलिमिली बन्यो लुम्बिनी, रातको समयमा पनि ढुक्कसँग घुम्न सकिने

माघ २६, २०७६

NTC
Premier Steels

चालिस वर्ष पूरा हुँदा समेत लुम्बिनी गुरूयोजना पूरा हुन नसकेपनि लुम्बिनी क्षेत्रभित्र जडान गरिएका बत्तीले लुम्बिनीलाई झिलिमिली बनाएको छ ।

Muktinath Bank

विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अहिले सौर्यबत्ती र ‘गार्डेन लाइट’ ले ‘आहा! लुम्बिनी’ भन्ने हुँदै गएको छ । अब रातिमा पनि पर्यटकहरू ढुक्कसँग घुम्न पाउनेछन् । लुुम्बिनी विश्वका लाखौं बौद्ध अनुयायीहरूको प्रमुख आस्थाको केन्द्र हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले दुई वर्षको अवधिमा लुम्बिनीलाई धपक्कै बल्ने बनाइएको लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘दुई वर्षअगाडि रातिमा जंगली जनावर बँदेलको आक्रमणबाट दुई जनाको लुम्बिनी क्षेत्रभित्रै मृत्यु भयो,’ उनले भने, ‘त्यस्तै पाँच वर्ष अगाडि अँध्यारोमा लुम्बिनी क्षेत्रभित्रै महिलामाथि बलत्कारको घटना पनि बाहिर आएको थियो । अब रातिमा पनि पर्यटकहरू सजिलै लुम्बिनी घुम्न सक्छन् । बत्तीले लुम्बिनी उज्यालोमय बनेको छ ।’ 

Vianet communication

लुम्बिनी क्षेत्रमा अहिले ५ सय ३३ सौर्यबत्ती र ३ सय ८० ‘गार्डेन लाइट’ जडान भइसकेका छन् । ‘गार्डेन लाइट’ इटालियन हुन् । त्यस्तै ४० किलोमिटर जमिनमुनिबाट एबिसी केबल (तार) बिच्छ्याएर लुम्बिनीमा ताररहित बनाइँदै छ । भट्टराईले थपे, ‘लुम्बिनी उज्यालो अभियान लुम्बिनी गुरूयोजनाकै ‘कम्पोनेन्ट’ हो ।’ 

रातिमा लुम्बिनीभित्र प्रवेश गर्नेलाई उज्यालोले मनै लोभ्याउँछ । रातिको समयमा मायादेवी मन्दिर, अखण्डा शान्तिदीप, बेबीबुद्ध, केन्द्रीय नहरमा बालिने आकर्षक बत्तीका कारण लुम्बिनी रमणीय बन्दै गएको छ । लुम्बिनीलाई उज्यालो बनाउन ३० करोड रुपैयाँ खर्चिएको छ, त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफमर राख्ने काम शुरू भएको छ । यो बिजुली व्यवस्थापनको काम शुरू भएपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ । बाङ्गिएका, खिइएका तार पोल सबै हट्ने छन् । 

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले लुम्बिनीमा रातदिन झुम्न मिल्ने गरी बत्ती जडान गरिएको बताए । त्यस्तै गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर भूमिगत रूपमा बिच्छ्याउने कार्य, डाटा सेन्टर राख्ने काम पनि तीब्र गतिमा अगाडि बढेको छ ।  लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउनका लागि १ सय ७५ वटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान पनि गरिएको छ । गुरूयोजनाका चारवटा विभिन्न स्थानमा ठूलो ‘डिस्प्ले’ राख्ने काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा ६० हजार मानिसले इन्टरनेट (वाइफाई) चलाउन सकिने गरी प्रविधि जडानको काम शुरू भएको छ । 

उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार रहेको छ । लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि १ लाख ५० हजार लिटर अट्ने ‘वाटर टावर’ निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन ।

लुम्बिनी गुरुयोजनाका मुख्य क्रियाकलापमध्ये पवित्र उद्यानका ४ वटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैँचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ । लुम्बिनीमा क्यानल तथा पोखरीहरू निर्माणको काम सकिएको छ । 

सौन्दयीकरणको काम तीव्र रूपमा भइरहेको छ । ३ जोडी सिम्बोलिक पेभिलियन, केन्द्रीय नहरको दुवैतर्फ दुबोसहितको बगैँचा निर्माणको काम पनि सकिएको छ । सांस्कृतिक क्षेत्रमा संग्रहालय तथा पुस्तकालयका भवनहरू २ वटा, कार्यालय भवन र सूचना केन्द्र भवनको निर्माण पनि सकिएको छ । यी संरचनालाई पनि ठूलो आयोजनाको रूपमा लिइएको छ । 

विभिन्न पहुँच मार्गहरू कालोपत्रे तथा ट्र्याक खोल्ने कार्य सकिएको छ भने पूर्वी र पश्चिमी बिहार क्षेत्र, होटलहरू लगायतका निर्माण कार्यहरू सम्पन्न भएको भट्टराईले जानकारी दिए । अबको दुुई वर्षमा लुुम्बिनी गुुरुयोजना पूूरा हुुने विकास कोषको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x