माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना (जनवरी) मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ ।
तामझामका साथ भ्रमण वर्ष मनाउन शुरू गरिएको पहिलो महिना जनवरीमा विश्वका ३३ मुलुकबाट ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका छन्, यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष यही अवधि अर्थात् सन् २०१९ को जनवरीमा विश्वका ३३ मुलुकबाट ८१ हजार २ सय ७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेका अनुसार एसियाको तुलनामा युरोप र अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या घटेको छ ।
लोकान्तरलाई प्राप्त तथ्यांकअनुसार सन् २०१९ जनवरी महिनाको तुलनामा २०२० जनवरीमा एसियाका मुलुकहरूमध्ये चीन, बंगालादेश, म्यानमार, सिंगापुर, पाकिस्तान र मलेसियाबाट आउने पर्यटकको संख्या वृद्धि भएको छ ।
चीनमा कोरोना भाइरसको प्रकोप देखिएपनि चीनबाट नेपालमा आउने पर्यटको संख्या नघटेको तर त्यसको असरले युरोपियन र अमेरिकन देशबाट आउने पर्यटकलाई असर गरेको बोर्डका सूचना अधिकारी लामिछानेले बताए ।
‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा हाम्रो विमानस्थल चौबीसै घण्टा चल्न नसक्दा १५ वटा जति अन्तर्राष्ट्रिय फ्लाइट क्यान्सिल भएका थिए, जसको असर पनि भ्रमण वर्षको शुरूआतमा परेको देखिन्छ,’ बोर्डका सूचना अधिकारी लामिछानेले भने ।
दशैं/तिहारतिर नेपालमा देखिएको डेंगुले पनि पर्यटक आगमनमा असर परेको उनको आंकलन छ ।
पर्यटक मात्रै बोक्ने जेट एयरवेजको नेपालमा उडान बन्द हुनु, कश्मीर प्रकरण र अक्टोबर/नोभेम्बरमा दिल्लीमा फैलिएको प्रदूषणजस्ता बाहिरी कारणले पनि नेपाल आउने पर्यटकको संख्या घटेको लामिछाने बताउँछन् ।
सन् २०१९ मा विश्वका विभिन्न देशबाट ११ लाख ९७ हजार १ सय १९ जना पर्यटक नेपाल आएका थिए, जसमा सबैभन्दा धेरै भारतबाट २ लाख ५४ हजार, चीनबाट १ लाख ६८ हजार र अमेरिकाबाट ९३ हजार पर्यटक भित्रिएको सरकारी तथ्यांक छ ।
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
नेपालमा धेरै पर्यटक भित्रिने शीर्ष ३ मध्ये भारत र अमेरिकाबाट क्रमशः ४.४ र ३.१ प्रतिशत पर्यटक घटेका छन् ।
अघिल्लो महिनामा चीनबाट आउने पर्यटक नघटेको देखिएपनि फेब्रुअरीमा चिनियाँ पर्यटकको संख्या समेत शून्यप्राय: हुनसक्ने अवस्था छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...