×

NMB BANK
NIC ASIA

प्रदेशको नाममा नेकपा–कांग्रेसको नयाँ विकल्प : ‘जानकी मधेश’ वा ‘मिथिला मधेश’ !

माघ २९, २०७६

NTC
Premier Steels

२ नम्बर प्रदेशको नामकरण गर्ने विषयमा प्रतिपक्षी दलले लचकता देखाउँदै नयाँ विकल्प दिएका छन् ।

Muktinath Bank

सभामुख सरोजकुमार यादवको अध्यक्षतामा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले सर्वसम्मतिका लागि आ–आफ्नो दलीय प्रस्तावबाट पछि हट्दै नयाँ विकल्प अगाडि सारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले ‘जानकी मधेश’ प्रदेश भनेर नामकरण गर्न विकल्प दिएको लोकान्तरलाई बताए । नेकपाले यसअघि प्रदेशको नाम ‘जानकी’ प्रदेश भनेर नामकरण गर्न प्रदेश सभामा औपचारिक प्रस्ताव दर्ता गराएको छ । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले पनि ‘मिथिला मधेश’ नामकरण गर्न विकल्प दिएको लोकान्तरलाई बताए । नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा प्रदेश’को औपचारिक प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ ।

Vianet communication

‘हामीले आ–आफ्नो दलगत अडानबाट पछि हट्दै सत्तापक्ष वा प्रतिपक्ष दुवैको जीत हुने गरी विकल्प दिएका छौं,’ नेकपा संसदीय दलका नेता मण्डलले लोकान्तरसँग भने, ‘तर सत्ता पक्षधर समाजवादी पार्टी र राजपा नेपाल भने आफ्नो अडानबाट टसमस भएका छैनन् ।’ प्रतिपक्षी दल एक कदम पछाडि आएर सहमतिको प्रयास गर्दा सत्तापक्ष पनि अडानबाट एक कदम पछाडि आए मात्र सहमति हुन सक्ने नेपाली कांग्रेस संसदीय दलका नेता यादवले बताए ।

जानकी मधेश वा मिथिला मधेशमध्ये कुनै नाममा सत्तापक्ष सहमत भए प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेस समेत जुनसुकै विकल्पमा सहमत हुन् तयार रहेको दुवै जनाले बैठकपछि लोकान्तरलाई प्रतिक्रिया दिएका छन् ।

‘सहमति नजिक आउनका लागि नै आगामी बैठक फागुन ४ गते बोलाइएको छ,’ बैठकमा सहभागी भएकी राजपा नेपालकी सांसद रानी शर्मा तिवारीले लोकान्तरसँग भनिन्, ‘त्यस बैठकमा सपा संसदीय दलका नेताको हैसियतले मुख्यमन्त्री लालबाबु राउत र राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनारलाई समेत बोलाइएको छ ।’ बैठकबाट नै सर्वसम्मत हुने अवस्था रहेको उनले बताइन् ।

समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादव सत्ता पक्षधर ‘मधेश प्रदेश’बाट कुनै पनि हालतमा पछाडि नहट्ने बताउँछन् । ‘मधेश आन्दोलनले नै मधेशी समुदायको पहिचान स्थापित भएकाले मधेश प्रदेशबाट पछाडि हट्न मिल्दैन,’ बैठकमा उपस्थित भएका यादवले भने, ‘जसरी राजधानीमा सर्वसम्मत भयो, त्यसैगरी मलाई पूरै विश्वास छ कि प्रतिपक्षी दललाई विश्वासमा नै लिएर मधेश प्रदेशको नाममा सर्वसम्मत हुन्छ ।’ सपा र राजपाले औपचारिक प्रस्ताव ‘मधेश प्रदेश’ भनेर प्रदेश सभामा दर्ता गराएका छन् ।

समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य छन् । समितिको बैठकबाट यसअघि नै प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ राख्ने भनेर सर्वसम्मत भइसकेको छ । 

प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपाका ३२, समाजवादीको ३०, राजपाको २५, नेपाली कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको १ गरेर १०७ जना सदस्य छन् । कुनै पनि दलसँग दुईतिहाइ बहुमत नरहेका कारण कम्तिमा पनि ३ वटा दल एकठाउँमा आउनैपर्ने बाध्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x