समाजवादको आधार तयार पार्ने बेला आयो : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न बेला आएको बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा बिहीबार आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने, ‘ समाजवादको आधार तयार पार्न नै  दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको हो।’  


Advertisement

प्रवक्ता श्रेष्ठले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै समाजवदले मात्र गरिब र सर्बहारा वर्गको मुक्ति गर्नसक्ने बताए।

‘सघर्ष पनि हामी कम्युनिष्टकै नेतृत्वमा ग¥यौ, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धिलाई संविधानमा लेख्यौँ,’ उनले भने, ‘अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशातर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आवश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिवार्य थियो।’
 
     


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्