प्रचण्डले गरे अम्ब्रेला स्ट्रिट शुभारम्भ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’को शुभारम्भ गरेका छन् ।

बिहीवार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


Advertisement

करीब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करीब ३ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रंगीन छाता राखिएको छ ।

रंगीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ ।


Advertisement

महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए ।

सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ । ५ हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुंगा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्