कांग्रेसका राष्ट्रियसभा सांसदको निधन

राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेस रुपन्देहीका नेता दूर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको निधन भएको सांसद प्रकाश पन्थले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

सांसद उपाध्यायको निधनबाट पार्टीले निष्ठावान नेता गुमाएको र असल मित्र गुमाएको कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले जनाएका छन् ।

नेता कोइरालाले ट्विटरमा लेखेका छन्, ‘नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्यमा दूर्गाप्रसाद उपाध्यायको असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ । उपाध्यायको निधनबाट देशले नैतिकवान प्रजातान्त्रिक योद्धा, पार्टीले निष्ठावान नेता र हामीले असल मित्र गुमाउन पुगेका छौं । स्व. उपाध्यायप्रति श्रद्धाञ्जलि !’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्