×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलको दाबी : जनताले प्रदेश सरकारलाई सुन्न र देख्न थाले !

फागुन २, २०७६

NTC
Premier Steels

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले शून्य संरचनाबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको बताएका छन् ।

Muktinath Bank

उनले प्रदेश सरकार आधारभूत रुपमा अघि बढ्ने संरचना खडा गर्दै पूर्णतः क्रियाशील हुने वातावरण तयार भएको समेत बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना दिवसका अवसरमा शुक्रवार दिएको शुभकामना सन्देशमा जननिर्वाचित राजनीतिक नेतृत्वले शून्यबाट काम थाल्दै अघि बढ्दा आज २ वर्ष पुग्दासम्मको अवधिमा आफूलाई चाहिने आधारभूत कानून निर्माण भएको, प्रदेशको आवधिक योजना तयार भएको र कर्मचारी समायोजन टुंगो लागेर प्रशासनिक संरचनासमेत तयार भई क्रियाशील भएको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने औंल्याएका छन् ।

Vianet communication

संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने हँुदा प्रदेश सरकार संघीय शासन व्यवस्थामार्फत जनआकांक्षा पूरा गर्न कृतसंकल्पित रहेको बताएका छन् ।

मुख्यमन्त्रीको शुभकामना सन्देशमा संविधानले ३ तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न बुझाइमा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य जरुरी पर्ने बताए । 

उनले संविधानको मर्मलाई आत्मसात् गर्दै संघीयताको व्यावहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको औंल्याउँदै नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयनलाई सरकारले पूर्णरुपमा ध्यान दिएको स्पष्ट पारेका छन् ।

संघीय सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य र समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार उक्त लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा प्रदेश स्थापना दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन सम्पूर्णमा अपिल गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x