×

NMB BANK
NIC ASIA

भूकम्पले फेरियो सरोजको पहिचान : रेस्टुरेन्ट व्यवसायीबाट बने सामाजिक अभियन्ता

फागुन ३, २०७६

NTC
Premier Steels

सरोज राय अहिले चर्चित अभियन्ताको रूपमा परिचित भएका छन् । जनकपुरधाम उपमहनगरपालिका वडा नम्बर २ स्थायी घर भएका रायले पछिल्लो केही बर्षहरूमा गरेका कामका कारण उनी लोकप्रिय हुँदै गएका छन् । जनकपुरधाममा विख्यात रहेका प्राध्यापक डा.राम स्वार्थ रायका छोरा हुन् उनी । त्यसो त भारतको बिहारबाट स्नातक उत्तीर्ण गरेका सरोजको नाम खासै चर्चामा थिएन । तर २०७२ साल वैशाख १८ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले उनको जीवनको लक्ष्य नै परिवर्तन गरिदियो ।

Muktinath Bank

काठमाडौंको नयाँ बानेश्वरमा सफा ८४ व्यंजन नामको रेस्टुरेन्ट सञ्चालन गरिरहेका रायको जीवनमा पनि उक्त भूकम्पका कारण ठूलै उथलपुथल ल्याइदियो । त्यतिबेला काठमाडौंमै एक जना दिपेश गिरी नामका सामाजिक अभियन्तासँग उनको संगत भएको थियो । भूकम्प पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले दिपेशसँगै उनी पनि गोरखामा राहतका सामग्री बोकेर गएका थिए । त्यसपछि अन्य प्रभावित स्थानहरूमा समेत राहतका सामग्री लिएर पुगेका थिए उनी । चिसोको मौसममा दिपेशसँगै जनकपुर आएर गरीब मानिसलाई कम्बल वितरण गरे । अनि उनको सामाजिक अभियन्ता बन्ने अठोट बढ्दै गयो र आज उनी नेपालमा एउटा सामाजिक अभियन्ताको पहिचान कायम गर्न सफल भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी आउँदा होस् वा आगलागी हुँदा होस् तराईदेखि पहाडका बिभिन्न जिल्लाहरूमा आफ्नै नेतृत्वमा राहत संकलन गरेर प्रभावित व्यक्तिको घरमै पुगेर राहत वितरण गर्ने कामलाई निरन्तरता दिन थाले उनले । ३ बर्षअघि सप्तरीमा आएको भीषण बाढीमा ६ सय २८ जनालाई प्याकेजसहित नै राहत वितरण गरेको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘सप्तरीको प्रभावित गाउँमा पुगेर पीडित परिवारहरूलाई प्याकेजसहित नै राहत वितरण गरेँ,’ सरोजले भने, ‘१ बोरा चामल, दाल, लुगा कपडा, कम्बल, त्रिपाल, झुलसहितको सामग्री वितरण गरेको थिएँ ।’

Vianet communication

त्यसपछि प्रत्येक बर्ष बाढी, आगलागीजस्ता प्राकृतिक प्रकोप आउँदा राहतको सामग्री लिएर पुग्ने गरेका रायले ती कामहरूलाई निरन्तरता दिन थाले । रौतहटमा बाढी प्रभावितहरूको लागि कुल ५० वटा त्रिपालसहितको अस्थायी टहरा बनाइदिएको उनी बताउँछन् ।

अनि बने बालबालिकाको उद्धारकर्ता

यसरी एउटा अभियन्ताको विस्तारै पहिचान बन्दै गएपछि भारतको एक जना अभियन्तासँग उनको सम्पर्क भयो । भारतकै दार्जिलिङका एक जना महिला बेचबिखनविरुद्धका अभियन्ता राजु नेपालीले उनलाई एक दिन फोन गरेर दिल्लीमा फसेका एक जना बाल श्रममा फसेका महोत्तरीका १० बर्षका बालकको उद्धारका लागि ठेगाना पत्ता लगाएर सम्पूर्ण जानकारी दिन उनलाई भनेका रहेछन् । उनले केही दिनको मेहनतपछि उनको घर परिवार सबै पत्ता लगाएर अभिभावकलाई नेपालीको सम्पर्कमा ल्याइदिए । त्यसपछि उनको सकुशल उद्धार गरियो । त्यसपछि आफू भारतमा फसेका बालबालिका तथा बेचिएका र बेचिन खोजेका चेलीबेटीको उद्धार  गर्ने अठोटका साथ लागि परेको उनी बताउँछन् ।

प्रेमको जालमा पारेर सर्लाहीको बरहथवाका एक जना चेलीलाई भारतको मुम्बईस्थित कोठीमा पुर्‍याइएको रहेछ । राजु नेपालीकै सहयोगमा उनले ती चेलीको सकुशल उद्धार  गरेर नेपाल फर्काए । ‘उक्त चेली फर्किएपछि उनलाई प्रेमको जालमा फसाएर मुम्बईको कोठीमा पुर्‍याउने व्यक्तिबिरुद्ध ईलाका प्रहरी कार्यालय बरहथवामा पुगेर महिला बेचबिखनको मुद्दा नै दर्ता गर्न लगाएँ,’ रायले भने, ‘सर्लाही जिल्ला अदालतको फैसला अनुसार अहिले त्यो मानिस जेलमा छन् ।’

यसरी भारतबाट बालबालिकालाई उद्धार  गर्ने काममा लागेपछि उनको सम्पर्क भारतको केन्द्रीय बालकल्याण समितिसम्म हुन पुग्यो । त्यो केन्द्रीय समितिकै पहलमा उनले सर्लाहीको हरिवनका एक जना महिला सपना लामालाई उद्धार  गरेका थिए । कामका लागि एजेन्टले उनलाई १४ बर्षकै उमेरमा दिल्ली पठाएको थियो । समितिले रायलाई हरिवनकी महिला फसेको भनेर जानकारी दिए । त्यसपछि उनलाई हरिवनमा परिवारलाई खोज्न धेरै नै समय लाग्यो । पछि थाहा पाएछन्ं कि उनी हरिवनको ताइवान बस्ती (लामा बस्ती)का रहेछन् ।

अभिभावकलाई समेत लगेर उनले उक्त महिलाको उद्धार  गरेका थिए । यसरी भारतको मुम्बई, दिल्ली, बिहारको बिभिन्न जिल्लामा श्रमिक, घरेलु कामदार, बेचबिखनमा परेका बालबालिकाहरूलाई उद्धार  गर्ने गरेका छन्  ।

‘जति पनि बाल बालिकाको भारतबाट उद्धार  गराएको छु, त्यो सबै घटनामा स्थानीय जिल्ला प्रशासन कार्यालयदेखि केन्द्रीय तथा स्थानीय बाल कल्याण समितिलाई संलग्न गराएर कानूनी प्रक्रिया पूरा समेत गर्ने गरेको छु,’ रायले भने, ‘अभिभावक समेतको रोहवर तथा स्थानीय प्रशासनको रोहवरमा ती बालबालिकालाई हस्तान्तरण गराउने गरेको छु ।’

कसैले प्रेमजालमा पारेर महिला बेचिदिने, अभिभावककै सहमतिमा पनि बालश्रम गर्न जाने, कोही अभिभावकलाई नभनेर भागेर जाने र त्यहाँ श्रम गर्ने जस्ता प्रवृति देखिएको उनी बताउँछन् । भारतमा बालश्रम अत्यन्तै कडाईका साथ निषेध गरिएको छ तर हाम्रो देशबाट थुप्रै बालबालिका श्रमका लागि भारतमा जाने गरेको अबस्थामा त्यहाँका बाल कल्याण समितिले थाम्ने गरेको छ । तीन बर्षमा कुल १ सय भन्दा बढी नै संख्यामा भारतबाट बाल बालिकाको उद्धार  गरेको उनले बताए ।

अवैध मानव तस्करी समेत रोक्न सफल

१ वर्षअघि मात्रै भारतको दिल्लीमा पुगेर उनले ३९ जना नेपाली महिलाको उद्धार  गरेका थिए । पूर्वी नेपालको धरान, सुनसरी, इटहरीलगायत ठाउँका ३९ जना महिला अवैध तरिकाले भारतबाट दुबई हुँदै सिरिया, ओमान, इराक जान लागेका थिए । इजराइलमा बसोबास गरिरहेकी सर्लाहीकी महिला सरिना तामाङले रायलाई त्यसबारे जानकारी गराएकी थिइन् । अबैध म्यानपावरको जालमा फसेर ३९ जना महिलालाई बिभिन्न देशमा घरेलु कामदारको रूपमा पठाउन भारतको दिल्लीस्थित पहाडगञ्जको विभिन्न ३ वटा होटेलहरूमा राखेको उनले तामाङबाट सूचना पाएका थिए ।

प्रहरीलाई खबर गर्नुभन्दा पनि उनले त्यहाँ महिला बेचबिखनविरुद्ध काम गरिरहेकी महिला परिषद्की अध्यक्ष स्वाती मालिवाललाई खबर गरे ।

होटेलमा आफैं पुगेर नेपाली महिलाहरू रहेको कुरा यकीन गरिसकेपछि मालिवालको सहयोगमा दिल्ली पुलिसमार्फत् राति २ बजेतिर तीन वटै होटेलमा एक साथ् रेड हान्न लगाए । अनि त्यहाँ रहेकी ३९ जना महिलाहरूलाई उद्धार  गरेर नेपाल फर्काउन सफल भएको राय बताउँछन् ।

‘उक्त काम गर्दा अलि बढी नै जोखिम थियो,’ रायले भने, ‘होटेलमा पहिचानका लागि यकीन गर्न जाँदा मान्छेहरू पछि लागेका पनि थिए ।'  तर अत्यन्तै गोप्य तरिकाले सचेत तथा सावधानी अपनाउँदै उक्त अप्रेसन सफल पारेको उनले बताए ।

'उमेश यादवलाई मृत्युदण्डबाट जोगाएँ'

 १४ वर्षसम्म साउदी अरबको जेलमा कैदी जीवन बिताइरहेका तथा त्यहाँको अदालतले मृत्युदण्डको सजायसमेत सुनाइसकेका धनुषाका उमेश यादवलाई जीवनदान दिलाएर नेपाल फर्काउन उनी सफल भएका छन् ।

धनुषाको कमला नगरपालिकाको माची भन्ने गाउँका यादव १४ वर्षअघि बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका थिए । त्यहाँ काम गर्दै गरेको कम्पनीमा एक जना पाकिस्तानी नागरिकसँग झगडा हुँदा यादवले उनलाई फलामले प्रहार गर्दा उनको मृत्यु भएको थियो । त्यसै अभियोगमा त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

१४ वर्ष जेलमा सजाय काटिसकेका थिए । यता घरपरिवारमा उनको श्रीमती, २ छोरा, आमा, बुवा सबै अत्यन्तै चिन्तित थिए । उमेशको जीवन रक्षाका लागि नेपाल सरकारले पहल गरिदिनुपर्‍यो भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा समाचार आइरहेका थिए । त्यसै कुराले रायलाई उद्वेलित गर्‍यो । अनि उनले उमेशको जीवनरक्षाका लागि अभियान नै चलाए ।

पाकिस्तानका मृतक पीडित परिवारसँग भेट्न राय इस्लामावाद र लाहोरसम्म पुगे । पीडित परिवारलाई भेटेर क्षमादान गर्न तथा ब्लड मनी वापत ३० लाख रुपैयाँ लिएर क्षमा गरिदिन सहमत गराए । फेरी उक्त रकम संकलन गर्नका लागि अभियान नै चलाए । साउदी अरबमा पुगेर त्यहाँका न्यायाधीशहरूलाई अनुरोध गर्दै माफीनामा दिलाउन राजी गराए । र अहिले केही साता अघिमात्रै मृत्युदण्डको सजाय पाइसकेका उमेश यादव सकुशल रिहा भएर स्वदेश फर्किन सफल भएका छन् ।

जनकपुरमा कृत्रिम हातखुट्टा बनाउँदै

केही साताअघि मात्र राय बंगलादेशको मनिकगञ्ज पुगेका थिए । त्यहाँका उद्योगपति अकिज ग्रुप अफ इन्डस्ट्रिजले कृत्रिम हातखुट्टा बनाउने क्याम्प सञ्चालन गरेको थियो । त्यसैमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । कृत्रिम हातखुट्टा बनाउने बेलायतको एक जना चिकित्सक डा. कुरेशीसँग उनको सम्पर्क भएको थियो । उनैले रायलाई बंगलादेश बोलाएका थिए ।  डा. कुरेशी १ बर्षअघि जनकपुर आएका बेला रायको सम्पर्क र चिनजान भएको थियो । त्यो टीम यही आउँदो चैत्र ३ गते जनकपुर आउँदैछन् । ‘जनकपुरको धनुषा साइन्स क्याम्पसमा कृत्रिम हात तथा खुट्टा बनाउने क्याम्प सञ्चालन गर्दैछौं,’रायले भने, ‘१ सय २० देखि १ सय ५० जना अपाङ्गता भएको (हात खुट्टा )नभएको व्यक्तिका लागि कृत्रिम हातखुट्टा बनाएर दिने तयारी गरेका छौं ।’

दिलिप महतोलाई पर्यावरण शहीद घोषणा गराउने अहिले नयाँ अभियान उनले सञ्चालन गरेका छन् । क्रसर व्यवसायीले गरेको अवैध उत्खनन्‌को विरोध गर्दै आएका अभियन्ता दिलिप महतोको हत्या भएपछि उनलाई पहिलो पर्यावरण शहीद घोषणा गराउन उनले चरणबद्ध दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

गाउँघरमा कपाली तमसुक बनाएर घरजग्गा बन्धक लिने कतिपय गरीब मानिसहरूको लागि आर्थिक सहयोग जुटाएर ती घरजग्गा फुकुवा गराएको पनि उनी बताउँछन् । ‘ठूलै रकमको आबश्यकता परेको बेला विभिन्न स्रोत जुटाएर रकम संकलन गर्ने गरेको छु,’ उनले भने, ‘अन्यथा सामान्य रकम सहयोगका लागि आफ्नै निंजी रकम खर्च गर्ने गरेको छु ।’

अमेरिकामा चिकित्सा पेशामा रहेका भाई सुनिल राय र बुवा राम स्वार्थ रायले सामाजिक काम गर्नका लागि आर्थिक सहयोग दिने गरेको उनले बताए । त्यसबाहेक आफूले केही व्यवसायसमेत सञ्चालन गरेका कारण त्यसैबाट आर्थिक सहयोग जुट्ने गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x