गलकोटमा टेलिकमको फोर जी सेवा विस्तार

नेपाल टेलिकमले ताराखोला गाउँपालिका १ अमरभूमिमा नवनिर्मित नमस्ते मोबाइल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ। 

सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गरी  फोर जी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। 


Advertisement

फोर जी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाइल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधिको मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सक्ने उनले बताए।

फोर जी सेवा सुचारु भएपछि ताराखोला गाउँपालिकाको वडा नम्बर १ अमरभूमि, वडा नम्बर २ अर्गल, वडा नम्बर ३ हिल र गलकोट नगरपालिका ५ टेउवाका मोबाइल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने शर्माको भनाइ छ। टेलिकमले फोर जी सेवालाई देशभर विस्तारको कार्यलाई तिव्रताका साथ अगाडि बढाएको छ। 


Advertisement

फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गइरहेको अन्तर्राष्ट्रिय मूतिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ। गलकोट नगरपालिका ५ हरिचौर टेउवामा कार्यशाला  हुँदैछ । कार्यशालामा स्वदेशी र विदेशी मूर्तिकारको सहभागिता हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्