×

NMB BANK
NIC ASIA

२०७६ असोज १३ गते एउटा अकल्पनीय खबर सञ्चारमाध्यमहरूमा छायो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार प्रयास गरे भन्दै समाचारहरू आउन शुरू भए ।

Muktinath Bank

नेपालको राजनीतिक इतिहासमा उच्चपदस्थमाथि पहिलोपटक सबैभन्दा ठूलो आरोप लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाअनुसार अघिल्लो दिन राति ९:३० बजे पीडित भनिएकी शाहीले प्रहरीलाई १०० मा फोन गरेकी थिइन् । राति ९ बजेर १९ मिनेट जाँदा प्रहरी शाहीको डेरामा पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

तत्कालै तत्कालीन आइजीपीसँग सूचना पुग्यो । सोमवार बिहान घटना सार्वजनिक नहुँदै तत्कालीन आइजीपी सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा 'बादल'सँग भेटघाट गरे ।

Vianet communication

सोमवार साँझ नै सञ्चारमाध्यमहरूमार्फत महरामाथि बलात्कारको आरोप लागेको समाचार सनसनी रूपमा फैलियो ।

त्यसको भोलिपल्ट मंगलवार बिहान ७ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सभामुखनिवास पठाए । ८ बजे आफैं भेट्न गए ।

बिहान साढे ९ बजेबाट प्रहरीले अनौपचारिक अनुसन्धान शुरू गर्न थाल्यो । त्यतिबेलै वनमन्त्री शक्ति बस्नेत महरालाई भेट्न सभामुख निवास पुगे ।

महराको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारहरू सनसनीपूर्ण रूपमा फैलिएका थिए । सामाजिक सञ्जाल दुईधारमा विभाजित बनेको थियो । कतिपयले महराले गल्ती गर्नै नसक्ने टिप्पणी गरेका हुन्थे भने कतिपयले महरा नै दोषी भएको भन्दै कडा भन्दा कडा सजाय दिलाउन माग गर्ने गर्थे ।

त्यसपछि नेकपालाई दबाब पर्न थाल्यो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटघाटले महराले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यो ।

मंगलवार बिहान ११ बजे बसेको नेकपा सचिवालय बैठकले महरालाई सभामुखबाट राजीनामा गर्न सुझाव दियो । त्यसलगत्तै महराले छानबिन प्रक्रियामा सहयोग गर्ने भन्दै राजीनामा दिए ।

सोही दिन साँझ पीडित भनिएकी रोशनी शाहीले बयान फेरिन् ।

तर असोज १८ गते शनिवार शाहीले पुनः महराविरुद्ध किटानी जाहेरी दिएपछि १९ गते प्रहरीले महरालाई सभामुखनिवासबाट नियन्त्रणमा लियो । महरालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो ।

तर असोज २३ गते महरामा उच्च रक्तचापको समस्या देखिएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका उनलाई नर्भिक अस्पताल भर्ना गरियो । शरीरमा रक्तचाप बढेपछि महरालाई अस्पताल भर्ना गर्नुपरेको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दिएको थियो ।

असोज २३ गते नै महराले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा भयो । संसद् सचिवालयले सूचनापत्रमा सूचना प्रकाशित गरी महरा पक्राउसम्बन्धी जानकारी गराएलगत्तै महराले सांसदका रूपमा गर्ने काम र पाउने सेवासुविधा स्थगित भएको जनाएको थियो ।

असोज २७ गते बलात्कार प्रयासकी पीतिक रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भयो ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता रहेको देखिएको थियो ।

प्रहरीले रोशनीलाई असोज १७ गते नै त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो । 

असोज २८ मंगलवार गते महरालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो । पक्राउ परेको ९ दिनपछि महरा पहिलोपटक अदालतमा उपस्थित भएका थिए ।

असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका महरालाई म्याद थपका लागि ९ दिनपछि अदालतमा पेश गरियो । यसबीचमा दशैंसहित लामो बिदा परेको थियो ।

महरालाई अदालतले १३ दिन थुनामा राख्न अदालतले अनुमति दियो । उनी १० दिन पहिल्यै हिरासतमा रहिसकेका थिए भने थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकराज दाहालको इजलासले अनुमति दिएको थियो ।

कात्तिक ३ गते बयानका लागि महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगियो, जहाँ उनको ६ घण्टासम्म केरकार भएको थियो । त्यसपछि महरालाई म्याद थपका लागि अपराह्न जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

अदालतले उनलाई पुनः ५ दिनको म्याद थपिदियो । उनी स्वास्थ्यमा समस्या आएका कारण नर्भिक अस्पताललाई नै हिरासत बनाएर बसेका थिए ।

उनलाई कात्तिक ७ गते पुनः अदालत लगियो । अदालतले थप ७ दिन म्याद थप्यो । म्याद थपिएको यो तेस्रोपटक थियो । उनी तिहारमा हिरासतमै बसे ।

उनीविरुद्ध कात्तिक १४ गते अदालतमा मुद्दा दायर भयो । त्यसपछि पटक पटक भएको थुनछेक बहसपछि अदालतले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान गरिदियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

आदेश सम्बन्धमा जानकारी दिँदै जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले लोकान्तरसँग भनेका थिए, 'अभियोग प्रमाणित भएको अवस्थामा कानूनबमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ मा भएको कानूनी व्यवस्था समेतको आधारमा पछि प्रमाण पुग्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल निज प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । त्यसपछि महरालाई डिल्लीबजार कारागार चलान गरियो । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बने ।

लोकान्तरले महराको दैनिकी सम्बन्धमा फिचर समाचार लेखेको थियो । अन्य भीआईपी कैदीबन्दीभन्दा महराको दिनचर्या सामान्य रहेको डिल्लीबजार कारागार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीले बताएकी थिइन् ।

‘महराज्यूको आनीबानीको बारेमा मैले आजै बुझेकी थिएँ, उहाँ सामान्य रुपमा दिनचर्या बिताइरहनुभएको छ,’ शाखा अधिकृत अधिकारीले लोकान्तरसँग कुरा गर्दै भनेकी थिइन, ‘उहाँमा अन्य भीआईपी कैदी जस्तो घमण्ड पनि देखिएन ।’

डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता थियो । पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका थिए ।

मङ्सिर ५ गते जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटन पुगे । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै महराका तर्फबाट निवेदन दर्ता भएको थियो ।

पुस ३ गते उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरिदियो । उनी थुनामै रहनुपर्ने भयो । महरा निराश बने ।

माघ २० गते पूर्वप्रधानमन्त्री तथा जनयुद्धताका महराका सहयात्री बाबुराम भट्टराई महरालाई भेट्न कारागार पुगे । भट्टराई डिल्लीबजारस्थित कारागारमा पुगेर महरासँग करीब १ घण्टा कुराकानी गरेका थिए ।

फागुन ४ गते जिल्ला अदालत काठमाडौंमा महराको अन्तिम सुनुवाइ भयो । अघिल्लो दिनदेखि नै हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भएको थियो । आइतवारनै फैसला आउने अपेक्षा गरिएपनि अदालतले उनको मुद्दा पुनः हेर्दाहेर्दैमा राखिदियो ।

सोमवार अन्ततः महरालाई जिल्ला अदालत काठमाडौँले निर्दोष रहेको भन्दै सफाइ दियो । सफाइ दिएपछि उनी सोमवारै रिहा भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x