भारतले महाकालीमा बनाएकाे पुल प्रहरीले हटायो

 

भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् ।


Advertisement

केही साताअघि व्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।

आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले  जनाएको छ ।


Advertisement

भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा हालेको थियो। 

व्यास-१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालेका हुन् । व्यास-१ के कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन
नसकेको एक प्रहरीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्