×

NMB BANK
NIC ASIA

प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोकृष्ट खेलाडी

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वोकृष्ट खेलाडीको पुरस्कार जितेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ संस्करणको उक्त पुरस्कार प्रदान गरेको हो।

Muktinath Bank

विमलले इण्डोनेसियाको जकार्तामा सम्पन्न एशियाली खेलकूदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिए। महिलातर्फ सर्वोकृष्ट खेलाडी घोषित निमाले एशियाली खेलकूदमा तेक्वान्दोमा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन्। दुवैले जनही एक लाख पुरस्कार प्राप्त गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी वर्ष २०७५ को उदयीमान खेलाडीको पुरस्कार पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले प्राप्त गरे। दुवैले जनही ५० हजार पुरस्कार पाए। गजराज आदर्श खेलाडी पुरस्कारबाट बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ सम्मानित भए। उनले ३५ हजार प्राप्त गरे। संघले २८ खेलका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत ग-यो।


Advertisment
Nabil box
Kumari

पुरस्कृत हुनेमा फुटबलका भरत खवास, पौडीका सुभम श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, टेबल टेनिसकी नविता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी पुनम रावल, प्याराग्लाइडिङका विमल अधिकारी र भारत्तोलनकी सन्जु चौधरी छन्।

Vianet communication
Laxmi Bank

यस्तै पुरस्कृत हुने अन्य खेलाडीमा लन टेनिसकी प्रेरणा कोइराला,  कबड्डीकी मेनुकाकुमारी राजवंशी, फेन्सिङका ओमकार सिंह, स्क्वासका अमृत थापामगर, सेपाताक्रोका रोशन तामाङ, स्पोर्टस् क्लाइम्बिङका पेम्बा शेर्पा, पेन्कक सिलातका गोविन्द चौधरी, कुराशका उपेन्द्र थापा, रोलर स्पोर्टस्का मिलन शाह ठकुरी, बाँस्केटबलका मनिषराज उपाध्याय र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

ब्याडमिन्टनका दिपेश धामी, ट्रायथलनका वसन्त थारु, करातेका विजय श्रेष्ठ, जुडोका इन्द्रबहादुर श्रेष्ठ, उसुकी जुनी राई, आर्चरीका तिलक पुन मगर, एथ्लेटिक्सका अजितकुमार यादव, गल्फका टङ्कबहादुर कार्की र कुस्तीका रमेश गौतमसमेत पुरस्कृत भए। उनीहरुले जनही १० हजार प्राप्त गरे।

खेलकूद पत्रकार पुरस्कारबाट गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत भए। उनले रु २५ हजार प्राप्त गरे। स्पेशल अवार्डबाट द काठमाडौँ पोष्टका प्रज्ज्वल ओली पुरस्कृत भए। नेपालले १८औँ एशियाली खेलकूदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित सङ्घको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

एशियाली खेलकूदमा नेपालले २८ खेलमा भाग लिएको थियो । पहिलो पटक समावेश गरिएको पारा खेलकूदको पुरस्कार बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरे। उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्व अध्यक्ष दीपक विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x