×

NMB BANK
NIC ASIA

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कर्णालीवासीको विकासका लागि विशेष जोड दिने आश्वासन दिएका छन् ।

Muktinath Bank

नेकपा कर्णाली प्रदेशका अगुवा कार्यकर्ता भेलामा सहभागि भएका प्रचण्डले कर्णालीलाई विषेश ध्यान दिएर विषेश प्याकेज तयार गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीको विकास नभएसम्म नेपाल समृद्ध बन्न सक्दैन । हामी यहाँको विकासका लागि सरकारसँग पर्याप्त कुराकानी गर्छौं, योजना चयन गर्छौं,' उनले भने, ‘सोही अनुसार बजेट तथा कार्यक्रम तयार पार्नेमा विश्वस्त हुनुस । नेकपाले कर्णालीको विकासका लागि विषेश पहल गर्नेछ यसमा ढुक्क हुनुहोस ।’


Advertisment
Nabil box
Kumari

कर्णाली केही महत्वपूर्ण परियोजना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेलामा पनि विषेश जोड दिएर दुई देशबीचको समझदारीमा राखिएको स्मरण गर्दै प्रचण्डले कर्णालीको भविष्यसँग जोडिएका परियोजना सम्पन्न गरिने बताए ।

Vianet communication

‘सुर्खेत हिल्सा सडकलाई अगाडी बढाउन पहल गर्छु,' उनले भने, ‘भेरी करिडोर र सुर्खेत विमानस्थलको स्त्तरउन्नती गर्ने बारेमा पनि संघीय सरकारले पहल गर्छ । कर्णालीमा हाइड्रो परियोजना निर्माणका लागि पनि सरकारले आवश्यक कदम चाल्नेछ ।’

पार्टीको कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमका लागि वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव विष्णु पौडेलका साथ मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णालीको विकासका लागि संघीय सरकारले विषेश जोड दिने बताएका हुन् ।

‘पार्टी र संसदीय दलका साथीहरुसँगको छलफलमा कर्णाली प्रदेशको अवस्था, विकासको आवश्यक्ता र समस्याका बारेमा कुरा भएको छ’, उनले भने ‘कर्णालीको कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने जानकारी भएको छ, त्यसका पार्टी र सरकारले विषेश ध्यान दिनेछ ।’

संघीय सरकारले कर्मचारीको छाता ऐन ‘निजामती कर्मचारी सेवा ऐन’ बनाउन नसक्दा प्रदेशमा कर्मचारीको अभाव भएको उनको भनाइ थियो । उनले प्रदेश निजामती ऐन बनाएर प्रदेश आफैले कर्मचारी भर्ना गर्ने अवस्था नहुँदासम्म दिर्घकालीन रुपमा कर्मचारी समस्या समाधान नहुने बताए ।

अर्को एक प्रसंगमा कर्णाली प्रदेशमा अहिले भर्खरै बाँके र बर्दिया मिसाउने भनेर आफूले नभनेको भन्दै प्रचण्डले प्रदेशको भौगोलिक सिमा सधै अहिलेको जस्तै रहने संविधानमा ग्यारेण्टी नभएको बताए ।

‘बाँके बर्दिया लाई कर्णालीका मिसाउने मैले बहस नै छेडेको त होइन्, यसअघि प्रसंगवश कुरा आएको हो,’ उनले भने, 'प्रदेशको भौगलिक संरचना भू-बनावट सधै त्यस्तै हुन्छन भन्ने कुरा संविधानले ग्यारेण्टी गरेको छैन ।'

कर्णालीमा प्रचण्ड लगायतका नेताहरुले कर्णाली प्रदेशस्तरीय पार्टीको भेलामा प्रशिक्षण दिनुका साथै कर्णाली प्रदेशको प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेशका पार्टी केन्द्रिय सदस्यहरुसँग छलफलसमेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x