×

NMB BANK
NIC ASIA

‘गोर्खा पल्टन’ का निर्देशक ‘परदेशी-२’ फिल्म बनाउँदै, गरियो शुभमुहूर्त

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र ‘परदेशी(२’ को शुभमुहूर्त गरिएको छ । उक्त चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो।

Muktinath Bank

कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो। ‘गोर्खा पल्टन’ र ‘परदेशी’ चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो । ‘परदेशी–२’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो। यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भइसकेका छन्।


Advertisment
Nabil box
Kumari

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भइरहेको बताउँदै ‘परदेशी(२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए । 

Vianet communication
Laxmi Bank

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी--२’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ।

प्रसिद्ध गीतकार समेत रहेका रमेश बिजीको कथा,  निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन्।

चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x