कियाराको पोज चोरीको

प्रत्येक वर्ष झै यस वर्ष पनि चर्चित फेसन फोटोग्राफर डब्बु रतनानीले आफ्नो वार्षिक सेलिब्रिटी क्यालेन्डर सार्वजनिक गरेका छन्। यो क्यालेन्डरमा उनले १४ फिल्मी स्टारलाई स्थान दिएका छन्। उनले एकसे एक फोटो खिचेका छन् तर १५ वर्षदेखि फोटोग्राफीमा सक्रिय डब्बुको कामलाई लिएर अहिले सोसल मिडिया प्रश्न उठ्न थालेको छ।

२०२० को क्यालेन्डरका लागि उनले कियारा आडवाणीको फोटोसुट गरेका थिए। डब्बुलाई कियाराको पोज अन्तर्राष्ट्रिय फोटोग्राफरको पोजबाट नक्कल गरेको आरोप लागेको छ। सोसल मिडिया प्रयोगकर्ताले डब्बुले नक्कल गरेको प्रमाण जुटाएका छन्। क्यालेन्डर सार्वजनिक हुनेबित्तिकै एक सोसल मिडिया प्रयोगकर्ताले केही स्क्रिन सट सेयर गरेका छन् जसमा कियाराको पोजलाई अन्तर्राष्ट्रिय फोटोग्राफर मेरी बार्सचको फोटोसुटको नक्कल बताइएको छ।


Advertisement

क्यालेन्डर सार्वजनिक भएपछि मेरीले पनि आफ्नो इन्स्टाग्राममा स्क्रिन सट सेयर गर्दै आपत्ति जनाएकी छन्। ‘म यो इस्युलाई यही छोड्छु’, उनले लेखेकी छन्। यसका साथै मेरीले अन्य केही तस्बिर पनि सेयर गरेकी छन् जसमा प्रयोगकर्ताले डब्बुको फोटोसुटमाथि खिल्ली उडाएर कमेन्ट गरेका छन्। डब्बुले खिचेको कियाराको तस्बिरमा उनी हरियालीको बीचमा टपलेस भएर उभिएकी छन्।

उनले आफ्नो छाती एउटा कर्कलाको पातले छोपेकी छन्। यस्तै पोज मेरीले आफ्नो फोटोसुटका लागि प्रयोग गरेकी थिइन्। कियाराका शेर शाह, लक्ष्मी बाम्ब र भुल भुलैया–२ फिल्म प्रदर्शनमा आउन बाँकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्